दार्चुला अस्पतालमा असोजमा ३ हजार ४९९ जनाले लिए ओपीडी सेवा

दार्चुला । जिल्ला अस्पताल दार्चुलामा चालु आर्थिक वर्ष २०८३/८४ को असोज महिनामा ३ हजार ४९९ जनाले बहिरङ्ग (ओपीडी) सेवा लिएका छन् ।

अस्पतालले सार्वजनिक गरेको मासिक सेवा विवरणअनुसार असोज महिनामा ६२६ जनाले आकस्मिक सेवा लिएका छन् भने १३१ जना बिरामी भर्ना भएका छन् । अस्पतालमा ३४ जनाको प्रसूति भएको छ । तीमध्ये ३० जनाको सामान्य र चार जनाको शल्यक्रियामार्फत प्रसूति भएको हो ।

अस्पतालको प्रयोगशाला सेवाबाट १ हजार ५८४ जनाले सेवा लिएका छन् । यस्तै, फार्मेसीबाट ३ हजार ७१८, एक्स–रेबाट ७९७ र अल्ट्रासाउन्डबाट ५६८ जनाले सेवा लिएका छन् । ईसीजी सेवा १३८ जनाले लिएका छन् भने ७४८ जनाले स्वास्थ्य बीमामार्फत सेवा प्राप्त गरेका छन् ।

अस्पतालमा ४ जनाको ठूलो शल्यक्रिया, १२८ जनाको सानो शल्यक्रिया, ३४ जनाको मध्यमस्तरको शल्यक्रिया र २९ जनाको प्लास्टर गरिएको छ । यस्तै, ७३ जनाले सामाजिक सेवा इकाई, ३२४ जनाले ज्येष्ठ नागरिक सेवा, ७५ जनाले दन्त सेवा र १९५ जनाले स्त्रीरोग सेवा लिएका छन् ।

मातृ तथा शिशु स्वास्थ्य सेवाअन्तर्गत ४८ जनाले गर्भवती जाँच गराएका छन् भने १५ जनाले खोप सेवा लिएका छन् । अस्पतालमा ७ जनाले रक्तदान गरेका छन् ।

अस्पतालको विवरणअनुसार असोज महिनामा ४६ जनालाई अन्य स्वास्थ्य संस्थामा रिफर गरिएको छ भने १५ वटा मेडिको–लिगल केस दर्ता भएका छन् । अस्पतालमा एक जनाको मृत्यु भएको छ ।

आरुषी व्युटि पार्लर महेन्द्रनगर कञ्चनपुर
Leave A Reply

Your email address will not be published.