कैलालीमा साढे २० क्विन्टल चिनी बरामद

काठमाडौं– कैलालीमा साढे २० क्विन्टल चिनी बरामद भएको छ । कैलारी गाउँपालिका-८ को लौंसाबाट बिहीबार भारतबाट ल्याइएको १६ लाख ८७ हजार मूल्य बराबरको चिनीसहित गाडी नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।

सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय र इलाका प्रहरी कार्यालय हसुलियाको टोलीले सुपप्र०१००१च३९५७ नम्बरको गाडीसहित अवैध चिनी बरामद गरेको हो ।

प्रहरीका अनुसार ५० किलो तौल भएका ४१ बोरा अवैध चिनी बरामद गरिएको हो । बरामद चिनी र गाडी आवश्यक कारबाहीका लागि कैलाली भन्सार कार्यालयमा बुझाइने प्रहरीले जनाएको छ ।

Leave A Reply

Your email address will not be published.