पूर्वराजाको अभिव्यक्तिबारे माओवादी-राजतन्त्र फर्किँदैन, जनता अग्रगमनको पक्षमा छन्

काठमाडौं– प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्र देशमा राजतन्त्र फर्किने कुनै सम्भावना नभएको प्रष्ट पारेको छ ।

पूर्वराजा ज्ञानेन्द्र शाहको त्यागलाई कमजोरी नठान्नु भन्ने चेतावनीसहितको अभिव्यक्तिबारे पार्टी केन्द्रीय कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा प्रवक्ता अग्निप्रसाद सापकोटाले भने, ‘राजा फर्किने कुनै सम्भावना छैन । ज्ञानेन्द्र शाहले पनि अलि ठन्डा दिमागले शान्त चित्तले सोच्नुभयो भने उहाँले शासन गर्दा के थियो, अहिले उहाँले गणतन्त्र भएकै कारणले राम्रोसँग बोल्न पाउनुभयो ।’

उनले एउटा नागरिकको हैसियतले बोल्न छुट भएर बोलेको भएपनि राजतन्त्र फर्किने कुरा असम्भव रहेको जिकिर गरे ।

उनले थपे, ‘राप्रपाले पनि केही न केही गर्नु त परेको छ नै, अहिले उहाँलाई त्यति पनि भन्नसक्ने आत्मविश्वास अहिलेको सरकारको कुशासनले गर्दा नै हो । भ्रष्टाचारमा लिप्त हुने कुराले उनीहरुले मुख मिठ्याएका होलान्, जनता परिवर्तन र अग्रमनको पक्षमा छन् । जनता लोकतन्त्रको विकल्पमा छैनन् ।’ पूर्वराजाबाट भन्दापनि अहिले सत्तामा भएकाहरुबाट व्यवस्थामाथि खतरा रहेको टिप्पणी गरे ।

आरुषी व्युटि पार्लर महेन्द्रनगर कञ्चनपुर
Leave A Reply

Your email address will not be published.