दार्चुला – अछाममा १४ दिनदेखि बेपत्ता युवक मृत भेटिएपछि स्थानीय आन्दोलित भएका छन्।
जिल्लाको कमलबजार नगरपालिका वडा नं ५ कुइका घर भएका ३४ वर्षीय रेशमराज तिमिल्सेना आज सोमवार मृत अवस्थामा भेटिएका हुन । कार्तिक २ गते गैरिटाँडबाट बेपत्ता भएका उनी गैरिटाँड नजिकै बाँसको झाडीमा मृत फेला परेका छन।
उनी मृत भेटिएपछि आफन्त र स्थानीयले हत्या भएको भन्दै अनुसन्धानको माग गरेका छन्। उनीहरुले गैरिटाँड बजार बन्द गरेका छन् भने बाटोमा चक्का जाम गरेका छन्।
मृतक तिमिल्सेना नेपाली कांग्रेसका क्षेत्रीय प्रतिनिधी थिए भने भुवनेश्वर माविका विद्यालय व्यवस्थापन समिति अध्यक्ष पनि हुन्।