राष्ट्र बैंकको १८औं गभर्नरमा विश्वनाथ पौडेल नियुक्त

मंगलबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले प्रा.डा विश्वनाथ पौडेललाई नेपाल राष्ट्र बैंकको १८ औं गभर्नर नियुक्त गर्यो।

काठमाडौं– नेपाल राष्ट्र बैंकको १८औं गभर्नरका रूपमा प्रा.डा. विश्वनाथ पौडेल नियुक्त भएका छन् ।

मंगलबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले गभर्नरमा प्रा.डा. पौडेललाई नियुक्त गरेपछि राष्ट्र बैंकमा लामो समयदेखि देखिएको गभर्नर अन्योल सकिएको हो । साथै, गभर्नरको विषयलाई लिएर चुलिएको भनिएको सत्ता संकट पनि टरेको छ ।

उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णु पौडेल नेतृत्वको सिफारिस समितिले मंगलबार नै तीनजनाको नाम गभर्नरमा सिफारिस गरेको थियो ।

Leave A Reply

Your email address will not be published.