कांग्रेस बैठकमा ०८४ को चिन्ता

काठमाडौं– सोमबारदेखि जारी नेपाली कांग्रेसको केन्द्रीय समिति बैठकमा नेताहरूले पार्टीभित्रको आन्तरिक समस्यालाई चासोका साथ उठाएका छन् ।

नेताहरूले आन्तरिक मनमुटाव, गुटबन्दी, भ्रातृ संस्थाहरूको अधिवेशनको अभाव, पार्टी र जनप्रतिनिधिको समन्वयको समस्या लगायतलाई जोड दिएर नेतृत्वको ध्यानाकर्षण गराएका छन् । गठबन्धनको भविष्य र सरकारको कामकारबाहीति नेताहरूले चासो दिएका छन् ।

संस्थापनइतरका नेता डा। शेखर कोइराला यसअघिका बैठक भन्दा फरक शैलीमा केन्द्रीय समितिमा प्रस्तुत भएका थिए । कोइरालाले सभापति शेरबहादुर देउवा पक्षभन्दा इतरलाई किनाराकृत गरिन खोजिएको चिन्ता व्यक्त गरेका थिए ।

अनुशासनको नाममा इतर पक्षका नेताहरूको दुस्ख दिने कार्य गरिएको भन्दै उनले सभापतिको जवाफ माग गरेका थिए । गठबन्धन गर्दा निष्ठावान कार्यकर्तालाई टिकटबाट वञ्चित गरिएको पार्टी बैठकमा बताए । कांग्रेस–एमालेको सत्ता समीकरणको पक्षधर आफू रहे पनि एमालेलाई नेतृत्व दिएको प्रति असन्तुष्टि व्यक्त गरे । ‘मैले कांग्रेसको नेतृत्वमा सरकार बन्नुपर्छ भनेको थिएँ । के कारणले कांग्रेसले एमालेलाई सत्ताको नेतृत्व दियो रु’ देउवालाई कोइरालाको प्रश्न थियो ।

कांग्रेस र एमाले वीचमा सत्ता समीकरण गर्न बनेको सहमति अनुसार वर्तमान सरकार अघि नबढेको उनले आरोप लगाए ।

संविधान संशोधनको लागि सहमति कहाँ पुग्यो भन्दै देउवालाई प्रश्न गरे, ‘यदि संविधान संशोधनका लागि यो सत्ता गठबन्धन हो भने सात बुँदे सहमतिमा लेखिएको संविधान संशोधनको मुद्धा कहाँ पुग्यो रु सभापतिज्युले यसको चितबुझ्ने जवाफ दिनुपर्छ ।’ यही वर्षभित्र १५ औं महाधिवेशन हुन नसक्ने हो भने त्यसको चित्तबुझ्दो जवाफ सभापति र पदाधिकारीले दिनुपर्ने कोइरालाको माग थियो ।

बैठकमा २०८४ को चिन्ता समेत व्यक्त भएको छ । कांग्रेस आफ्नो शक्तिमा चुनाव लड्न कति तयार छ भन्दै नेतृत्वलाई केन्द्रीय सदस्यहरूले प्रश्न गरेका छन् । केन्द्रीय सदस्य डिला संग्रौलाले आफ्नै बुतामा चुनाव लड्न पार्टी तत्पर नहुने हो कि भन्ने चिन्ता व्यक्त गरिन् ।

Leave A Reply

Your email address will not be published.