माओवादीलाई नयाँ पुस्ताले नेतृत्व गर्ने वातावरण बनाउँदैछु, पुनर्गठनको विकल्प छैन : जनार्दन शर्मा

काठमाडौं- नेकपा माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्माले आम पार्टीपंक्तिको भावनालाई बुझेर पार्टी सुधारको प्रयासमा रहेको बताएका छन्।

मार्क्सवादी अध्ययन केन्द्रले पुष्पलाल स्मृति दिवसका अवसरमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै जनताको आवश्यकतामा पार्टीको भूमिका स्थापित गर्नको लागि पार्टीभित्र बहस भइरहेको बताए।

उनले भने, ‘पार्टीलाई सुदृढ गरेर जनताको सेवामा फर्काउनुपर्छ, त्यसको लागि मैले प्रस्ट भनेको छु, नयाँ पुस्ताले नेतृत्व गर्ने वातावरण बनाउने र हामी पुरानो भनिएका पुस्ताहरूले अभिभावकीय भूमिका खेल्ने गर्दा माओवादीलाई जनता र श्रमजीवीको पार्टी बनाउन सकिन्छ।’

उनले आज विचार विहीनता र शून्यतातर्फ गइरहेको आन्दोलनलाई विधि र पद्धतिले अगाडि बढाउनुपर्ने बताए। उनले थपे, ‘आज हाम्रो पार्टीमा भएको सङ्गठनात्मक अराजकतालाई विधि र पद्धति लागू गर्ने, पार्टीलाई लोकतान्त्रीकरण गरेर व्यक्तिगत होइन, संस्थागत प्रणालीगत, विधि र संरचनागत निर्माण गर्ने, माओवादीले ठुलो इतिहास बोकेको छ। त्यो इतिहासलाई जोडेर भावी उद्देश्य पूरा गर्नको लागि यो पार्टीको पुनर्गठन र पुनर्संरचना गर्नेमा मेरो भूमिका हुन्छ।’

Leave A Reply

Your email address will not be published.