अन्तरिक्षमा फल्यो भेडे खुर्सानी

दार्चुला – अमेरिकी अन्तरिक्ष निकाय नासाले पहिलोपटक अन्तरिक्षमा भेडे खुर्सानी फलाएको छ। प्लान्ट ह्याबिटाट–०४ मा फलाएको भेडे खुर्सानीलाई अन्तरिक्ष यात्रीहरूले स्वादिलो परिकार बनाएर खाएका छन्।

नासाका अनुसार त्यो भेडेखुर्सानी न्यु मेक्सिकोको सान्डिया खुर्सानी र अन्य प्रजाति मिसाएर बनाइएको हो। अन्तरिक्षमा यसलाई फलाउनु निक्कै चुनौतीपूर्ण भएको जनाएको छ।

नासाकी अन्तरिक्ष यात्री मेगन म्याकआर्थरले भेडे खुर्सानी भाँचेको अनि त्यसको डिनर बनाएर खाएको तस्वीर सार्वजनिक गरेकी छन्।

Leave A Reply

Your email address will not be published.