अलविदा: लेखक प्रकाश साउद

अलविदा

राम्रै चलिराको थियो  आखा लाग्यो कुन को
‎यहाँ म परेछु फलाम उनले भेटिन् मान्छे सुनको
‎आज रिसाएनी दुइ दिन मा फकाउन आउछिन सोचे तर
‎तेस्रो दिन मा मलाइ बिहेको निम्तो आयो उनको

‎कमाउथे म प्यारी पछी हाम्रो नि बिहे हुन्थ्यो
‎तिमीले हतारै नगरी केहि समय लिए हुन्थ्यो
‎निम्तो दिन आयौ एकैचोटी सुपारीको सट्टा बरु
‎खाएसी फ्याट्टै मर्ने खालको जहर दिए हुन्थ्यो

‎के गरु अरुले बेहुली बनाई लाने दिन
‎अनि दुनियाले खसीबोका टन्न खाने दिन
‎कति माया गर्छु भनि नसोध न माया
‎मेरो घर मलामी हुन्छ तिम्रो जन्ति जाने दिन

‎मुटु मर्यो मर्छ ज्यान अमर त् छैन मेरो
‎तिमि आफूखुसी जे गर केहि शर्त छैन मेरो
‎तिमीले बिहे गर्छौ भनि मैले धम्कि देको हैन
‎बस् तिमि नभए बाच्नु को केहि अर्थ छैन मेरो

‎लगेपछी पराइले मेरी सानीलाई अब
‎भन्नु पनि के भन्नु आफै जानीलाई अब
‎हिजो सिरानी हौ तिमि सोची मस्त निदाईदिन्थे
‎आज को सम्झेर अन्गालु म सिरानीलाई अब

‎मनको कुरा सुन्न सके ढुक्क भन्छु रुन्थ्यौ
‎तिमी दुनियालाइ छाडी केवल यो मान्छे लाइ चुन्थ्यौ
‎  मया यति दिन्थे तिमिलाई कल्पनाको बाहिर
‎ जस्तो मेरो घर मन्दिर भए देवी तिमी हुन्थ्यौ

‎साझ पाख चुलो मा टक्क आगो बाली
‎अनि हामि दुइलाई पुग्ने जति खाना त्यहाँ बसाली
‎जब हासिदीन्थ्यौ ठ्याक्कै खुवाईदिन्थे
‎सानो रोटि को टुक्रामा धेरै माया हाली

‎के गर्दै छौ अचेल अनि कुन हालमा छौ
‎संगै नभएपनि मेरो यादको संगालो मा छौ
‎ अ ठिकै छु म यसै एक्लै बितिराछ जीवन
‎तिमि पनि एक्लै छौ कि उसको अँगालो मा छौ

‎नैतिकता को स्वाद पनि चर्को थियो होला
‎उनले खोजिराको केटा धनी घर को थियो होला
‎मेरो भने दुनियामा केवल उनी थिइन्
‎तर उनको भने ब्याकअप सायद अर्को थियो होला

‎एक्लै एक्लै एक्लै एक्लै अब यस्तै परान जाला
‎मेरो मुटुकै पिडाले मानसिक सन्तुलन खाला
‎मैले भए जति सकेजति माया उनलाई गरे
‎सबै उनिजस्तो भए नजिक कोइ नआइजा साला !

‎ तिमीलाई नि के दोष दिनु मै मा खोट होला
‎उसलाई अंकमाल अनि मलाई धोका को चोट होला
‎जीवन मसित नै काट्छु भन्दा भन्दै बिहे गर्यौ
‎अब मैले चुम्ने गाला मा अर्कैको ओठ होला

‎गर्दिनँ म माया, घृणा भरसक गर्ने छैन
‎मेरो यादमा छ्यौ, यादबाट अलग गर्ने छैन
‎भोलि मलाई सम्झी म्यासेज गर्छ्यौ यही सोचेर नै तिम्रो
‎फोन नम्बर र फेसबुक आइडी ब्लक गर्ने छैन

‎अब भरोसा नगरी माया मा खरानी धस्छु
‎कोही प्रस्ताव लिएर आए भाग्छु, गुफा भित्रै पस्छु
‎तिम्रो मेरो माया मर्यो त्यही नि, तिमीले बिहे गर्‍यौ
‎पीडा मलाई भयो, पिरतीको मै किरिया बस्छु

‎यदि बाँचे भने लगाइदिनु सङ्घर्षको माला
‎तिमीलाई देखिरहँदा श्रीमानसँगै सिन्दूर हातमा बाला
‎किन ‎तेह्र दिन नपुग्दै तिमीले अर्कै पोइलाइ छोप्यौ
‎तिम्रै यादै याद मा मेरो त खोइ तेह्र वर्ष जाला

‎तिमीले घात गरेऊ, अनि मनमै ला’सी सुनाइसक्यो
‎हो नि, बौलाएर खुसी खुसी हाँसी सुनाइसक्यो
‎तिम्रो माया गर्ने तरिकालाई कठघरामा उभ्याई
‎तिमीलाई यो मुटुको न्यायाधिशले फाँसी सुनाइसक्यो

‎जानु तिमी धेरै टाढा नफर्किने गरी
‎बरु सम्हालुला आउँदा तिम्रो याद घरी घरी
‎जानेबेला एक पटक पछाडी फर्की हेर्नु
‎ तिमीले  खुसी को नै आँसु देख्छ्यौ मेरो आँखा भरी

‎खुकुरी मा गर्दन राख्यो मेरो मन ले अब
‎हार्यो, कि त जित्छ अहंकार ले कि त धन ले अब
‎साचो माया लागे मुटु छिया छिया हुन्छ यार
‎पिरती नै नला भन्छु म त कोइ मदन ले अब !

कवि प्रकाश साउद मालिकार्जन माध्यमिक विद्यालय दार्चुलाका विद्यार्थी हुन्।

Leave A Reply

Your email address will not be published.