अलविदा
राम्रै चलिराको थियो आखा लाग्यो कुन को
यहाँ म परेछु फलाम उनले भेटिन् मान्छे सुनको
आज रिसाएनी दुइ दिन मा फकाउन आउछिन सोचे तर
तेस्रो दिन मा मलाइ बिहेको निम्तो आयो उनको
कमाउथे म प्यारी पछी हाम्रो नि बिहे हुन्थ्यो
तिमीले हतारै नगरी केहि समय लिए हुन्थ्यो
निम्तो दिन आयौ एकैचोटी सुपारीको सट्टा बरु
खाएसी फ्याट्टै मर्ने खालको जहर दिए हुन्थ्यो
के गरु अरुले बेहुली बनाई लाने दिन
अनि दुनियाले खसीबोका टन्न खाने दिन
कति माया गर्छु भनि नसोध न माया
मेरो घर मलामी हुन्छ तिम्रो जन्ति जाने दिन
मुटु मर्यो मर्छ ज्यान अमर त् छैन मेरो
तिमि आफूखुसी जे गर केहि शर्त छैन मेरो
तिमीले बिहे गर्छौ भनि मैले धम्कि देको हैन
बस् तिमि नभए बाच्नु को केहि अर्थ छैन मेरो
लगेपछी पराइले मेरी सानीलाई अब
भन्नु पनि के भन्नु आफै जानीलाई अब
हिजो सिरानी हौ तिमि सोची मस्त निदाईदिन्थे
आज को सम्झेर अन्गालु म सिरानीलाई अब
मनको कुरा सुन्न सके ढुक्क भन्छु रुन्थ्यौ
तिमी दुनियालाइ छाडी केवल यो मान्छे लाइ चुन्थ्यौ
मया यति दिन्थे तिमिलाई कल्पनाको बाहिर
जस्तो मेरो घर मन्दिर भए देवी तिमी हुन्थ्यौ
साझ पाख चुलो मा टक्क आगो बाली
अनि हामि दुइलाई पुग्ने जति खाना त्यहाँ बसाली
जब हासिदीन्थ्यौ ठ्याक्कै खुवाईदिन्थे
सानो रोटि को टुक्रामा धेरै माया हाली
के गर्दै छौ अचेल अनि कुन हालमा छौ
संगै नभएपनि मेरो यादको संगालो मा छौ
अ ठिकै छु म यसै एक्लै बितिराछ जीवन
तिमि पनि एक्लै छौ कि उसको अँगालो मा छौ
नैतिकता को स्वाद पनि चर्को थियो होला
उनले खोजिराको केटा धनी घर को थियो होला
मेरो भने दुनियामा केवल उनी थिइन्
तर उनको भने ब्याकअप सायद अर्को थियो होला
एक्लै एक्लै एक्लै एक्लै अब यस्तै परान जाला
मेरो मुटुकै पिडाले मानसिक सन्तुलन खाला
मैले भए जति सकेजति माया उनलाई गरे
सबै उनिजस्तो भए नजिक कोइ नआइजा साला !
तिमीलाई नि के दोष दिनु मै मा खोट होला
उसलाई अंकमाल अनि मलाई धोका को चोट होला
जीवन मसित नै काट्छु भन्दा भन्दै बिहे गर्यौ
अब मैले चुम्ने गाला मा अर्कैको ओठ होला
गर्दिनँ म माया, घृणा भरसक गर्ने छैन
मेरो यादमा छ्यौ, यादबाट अलग गर्ने छैन
भोलि मलाई सम्झी म्यासेज गर्छ्यौ यही सोचेर नै तिम्रो
फोन नम्बर र फेसबुक आइडी ब्लक गर्ने छैन
अब भरोसा नगरी माया मा खरानी धस्छु
कोही प्रस्ताव लिएर आए भाग्छु, गुफा भित्रै पस्छु
तिम्रो मेरो माया मर्यो त्यही नि, तिमीले बिहे गर्यौ
पीडा मलाई भयो, पिरतीको मै किरिया बस्छु
यदि बाँचे भने लगाइदिनु सङ्घर्षको माला
तिमीलाई देखिरहँदा श्रीमानसँगै सिन्दूर हातमा बाला
किन तेह्र दिन नपुग्दै तिमीले अर्कै पोइलाइ छोप्यौ
तिम्रै यादै याद मा मेरो त खोइ तेह्र वर्ष जाला
तिमीले घात गरेऊ, अनि मनमै ला’सी सुनाइसक्यो
हो नि, बौलाएर खुसी खुसी हाँसी सुनाइसक्यो
तिम्रो माया गर्ने तरिकालाई कठघरामा उभ्याई
तिमीलाई यो मुटुको न्यायाधिशले फाँसी सुनाइसक्यो
जानु तिमी धेरै टाढा नफर्किने गरी
बरु सम्हालुला आउँदा तिम्रो याद घरी घरी
जानेबेला एक पटक पछाडी फर्की हेर्नु
तिमीले खुसी को नै आँसु देख्छ्यौ मेरो आँखा भरी
खुकुरी मा गर्दन राख्यो मेरो मन ले अब
हार्यो, कि त जित्छ अहंकार ले कि त धन ले अब
साचो माया लागे मुटु छिया छिया हुन्छ यार
पिरती नै नला भन्छु म त कोइ मदन ले अब !
कवि प्रकाश साउद मालिकार्जन माध्यमिक विद्यालय दार्चुलाका विद्यार्थी हुन्।