नेपाली कांग्रेस दार्चुलाको बैठक खलंगामा जारी, पुर्वमन्त्री बडूको समेत उपस्थिती

दार्चुला । नेपाली कांग्रेस  जिल्ला कार्यसमिति दार्चुलाको बैठक जिल्ला सदरमुकाम खलंगामा सुरु भएको छ । खलंगास्थित आफ्नै वीपी स्मृति भवनमा बैठक सुरु भएको हो ।

बैठकमा क्रियाशील सदस्यता नवीकरण, सदस्यता सिफरिस, भातृ संघहरुको जिल्ला र पालिका अधिवेसन, जिल्लाको विकास निर्माण र समसामयिक विषयमा छलफल हुने जिल्ला कार्यसमिति सचिव पुलेन्द्र बहादुर कार्कीले जानकारी दिए ।

बैठकमा नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा पुर्व मन्त्री संघीय सांसद दिलेन्द्रप्रसाद बडूको प्रमुख आतिथ्यता तथा प्रदेश सभा सदस्य बिक्रमसिंह धामीसहित जनप्रतिनिधि, जिल्ला कार्यसमिति पदाधिकारी र सदस्यहरु, प्रदेश क्षेत्र कार्यसमिति पदाधिकारी, दार्चुलाबाट प्रतिनिधित्व गर्ने सुदूरपश्चिम प्रदेश कार्यसमिति सदस्यहरु र स्थानीय तहका सभापति लगायतको उपस्थितीमा बैठक बसिरहेको छ ।

बैठक भोली शनिबार विभिन्न निर्णय गर्दै सम्पन्न हुने नेपाली कांग्रेस दार्चुलाले जनाएको छ ।

Leave A Reply

Your email address will not be published.