दार्चुला । दार्चुलाको नौगाड गाउँपालिकामा विहिबार भएको जिप दुर्घटनामा परी घाइते भएका ६ जनाको अहिले प्रदेशस्थित माया मेट्रो अस्पतालमा उपचार भइरहेको छ ।
गाउँपालिकाको वडा –४ होपरीमा भएको जिप दुर्घटना परि गम्भीर घाइते भएका ६ जनाको धनगढीस्थित माया मेट्रो अस्पतालमा उपचार भइरहेको अस्पताल स्रोतले जनाएको छ ।
गाडी चालक लोकेन्द्र सिह ठगुन्नाले चलाएको सुदुरपश्चिम प्रदेश ०४००१ ज ०१०३ नम्बरको जिप बुधबार हिजो विहान होपरीमा दुर्घटना भएको थियो । दुर्घटनाबाट घाइते भएका ६ जनालाई गोकुलेश्वर अस्पतालमा सामान्य उपचार पश्चात थप उपचारका लागि जिल्लाबाट प्रदेश स्थित माया मेट्रो अस्पतालमा पठाइएको थियो ।
शुक्रबार धनगढीस्थित माया मेट्रो अस्पतालले प्रेस नोट जारी गदैँ घाइतेहरुको अवस्था सार्वजनिक गरेको छ । घाइते भएका व्यक्तिहरुलाई सम्बन्धित विभागका डाक्टरहरुले चेकजाच गरिरहेको पनि बताइएको छ ।
चेकजाँच गर्दा मार्मा गाउँपालिका वडा– ५ गोल्फाका १८ वर्षिया अप्सरा महताको दाँयाहात भाचिएको र टाँउकोमा चोट लागेको न्युरो वार्डमा उपचार भइरहेको अस्पतालले जनाएको छ ।
यस्तै नौगाड गाउँपालिका वडा–४का ७० वर्षिय गुमुवा महताको छातिका हड्डीहरु भाचिएको,सामान्य टाउँकोमा चोट रहेकाले आईसियूमा राखेर उपचार भइरहेको मेडिकल डाइरेक्टर डाक्टर मोहन साउँदले जानकारी दिएका छन ।
यस्तै नौगाड गाउँपालिका वडा –४ कै ४० वर्षिय रम्बा देवि महताको टाउकोमा चोट र दायाँहात भाचिएको आईसियूमा राखेर उपचार भइरहेको उहाँले बताए । नौगाड गाउँपालिका वडा–४ होपरीकी १४ वर्षिय कान्छी महताको टाउकोमा सामान्य चोट, न्युरो वार्डमा उपचार भइरहेको छ ।
नौगाड गाउँपालिका वडा –४का ३३ वर्षिय उमेश ठगुन्नाको पनि टाउकोमा चोट रहेकाले आईसियूमा राखेर उपचार भइरहेको मेडिकल डाइरेक्टर डाक्टर साउँदले जानकारी दिएका छन ।
यस्तै अपिहिमाल गाउँपालिका वडा –४की २० वर्षिया लक्ष्मी कार्कीको हात र कम्मरमा चोट रहेकाले जनरल वार्डमा उपचार भइरहेको प्रेस नोटमार्फत जानकारी दिइएको छ ।
जिप दुर्घटनामा एक जना गर्भवती महिलाको उपचारको क्रममा गोकुलेश्वर अस्पतालमा ज्यान गएको थियो । गाडीका सहचालक मोहन ठगुन्ना अस्पतालमा रहेका छन ।
अन्यलाई अस्पताले डिस्चार्ज गरेको छ । गाडी चालक लोकेन्द्र सिहं ठगुन्नालाई प्रहरीले नियन्त्रणमा लिएको छ । जिपमा सवार जम्मा ११ जना रहेका थिए । चिप्लोबाटोमा ब्रेक नलागेपछि जिप दुर्घटनामा परेको बताइएको छ ।