दार्चुला । दार्चुलामा भालुको आक्रमणबाट ६० वर्षीया एक महिला घाइते भएकी छन । जिल्लाको दुहुँ गाउँपालिका वडा –१ की भुरीदेवी महरा घाइते भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी निरीक्षक तथा सूचना अधिकारी छत्रबहादुर रावतले जानकारी दिए ।
शुक्रबार बेलुकी तिर घर नजिकैको रुखमा स्याउला काटेर रुखबाट ओलिर्ने क्रममा उहाँमाथि भालुले आक्रमण गरेको बताइएको छ ।
भालुको आक्रमणबाट महराको टाउकोमा चोट लागेको र अवस्था मध्यम रहेको बताइएको छ । घाइते महरालाई उद्धार गरी उपचारको लागि जिल्ला अस्पताल ल्याउन लागिएको छ ।