दार्चुला ।दार्चुलामा नेकपा एमालेले कार्यदल निर्माण गरेको छ । भाद्र ८ गते बसेको छैटौं जिल्ला कमिटि बैठकले एमालेबाट स्थानीय तहमा निर्वार्चित जनप्रतिधिहरुले जनताको पक्षमा काम गरे नगरेको बारे जानकारी लिन पार्टीले कार्यदल गठन गरेको हो ।
एमालेले नेतृत्व गरेका पालिकाहरुमा अहिले ब्यापक रुपमा जनाहरुमा असतुष्टि बढेको भन्दै यसलाई ब्यवस्थित गर्नका लागि ५ सदस्यिय कार्यदल निर्माण गरिएको नेकपा एमाले जिल्ला कमिटि अध्यक्ष ज्ञानेन्द्र घर्तीले जानकारी दिनुभयो ।
सोमबार मदन आश्रित स्मृति भवन पार्टी कार्यालयमा आयोजना गरिएको पत्रकार सम्मेलन मार्फत जिल्ला कमिटि अध्यक्ष घर्तीले जिल्ला कमिटि बैठकले गरेका निर्णयहरुको बारेमा जानकारी दिएका हुन । कार्यदलको संयोजकमा एमाले केन्द्रीय पोलिटब्युरो सदस्य तथा दार्चुला इन्चार्ज गणेश सिंह ठगुन्ना रहेका छन ।
यस्तै सदस्यहरुमा केन्द्रीय सदस्य हरदेब जोशी ,नेकपा एमाले सुदुरपश्चिम प्रदेश कमिटि सचिवालय सदस्य एव सुदुरपश्चिम प्रदेश कमिटि स्थानीय विभाग प्रमुख प्रेम सिह धामी, जिल्ला कमिटि अध्यक्ष ज्ञानेन्द्र घर्ती र जिल्ला कमिटि उपाध्यक्ष एव स्थानीय विभाग प्रमुख प्रमानन्द जोशी रहने गरी ५ सदस्यिय कार्यदल निर्माण गरिएको नेकपा एमाले जिल्ला कमिटि अध्यक्ष घर्तीले बताउनु भयो ।
यो कार्यदलले प्रथम चरणमा पार्टीबाट निर्वार्चित पालिकाका प्रमुख, उप प्रुमख कार्यपालिका सदस्य, निर्वार्चित सदस्यहरुलाई चरणबद्ध रुपमा छलफल गर्ने ध्यानाकर्षण गर्ने,जनाएको छ । यस्तै छलफल पछि उहाँहरुलाई सुधारका लागि निर्देशन दिने र कार्यदलले दिएको निर्देशन कार्यान्वय भएको नभएको बारे कार्यदलले अनुगमन गर्ने भएको छ ।
यस्तै यो प्रक्रियाको आधारमा पार्टीले अन्तिम प्रक्रिया पनि अपनाउने जिल्ला कमिटि बैठकले निर्णय गरेको एमाले दार्चुलाले जनाएको छ । २०७९ सालमा सम्पन्न स्थानीय तहको निर्वाचन अनुसार नेकपा एमालेले दुई नगरपालिका र तीन वटा गाउँपालिकामा नेतृत्व गरिरहेको छ । यस्तै जिल्लाका जम्मा ६१वडाहरु मध्ये ३४ वडाहरुमा एमालेले नेतृत्व गरिरहेको छ ।