लास्कुमा पूर्वमन्त्री गणेशसिह ठगुन्ना नेतृत्वको टोलीद्धारा अनुगमन

दार्चुला । दार्चुलाको महाकाली नगरपालिका वडा नम्बर १ को लास्कु बस्ती क्षेत्रको पूर्वमन्त्री गणेशसिह ठगुन्ना नेतृत्वको टोलीले स्थलगत अनुगमन गरेका छन् ।

लास्कु बस्तीमा दशरथनगर आधारभूत विद्यालय भवनको घेरपर्खाल भत्किएपछि वस्ती जोखिममा परेपछि पूर्वमन्त्री गणेशसिह ठगुन्ना नेतृत्वको टोलीद्धारा अनुगमन गरिएको हो ।

पहिरो क्षेत्रको निरीक्षण गर्दै ठगुन्नाले पीडित परिवारलाई सुरक्षित स्थानमा स्थानान्तरणको लागि स्थानीय सरकार र जिल्ला प्रशासनमार्फत पहल गर्ने बताएका छन ।

विद्यालयको पूरै घेरपर्खाल भत्किएर आउदा लास्कू क्षेत्रका तीन घरमा क्षति पुगेको छ । स्थानीयलाई तत्काल सुरक्षित स्थानमा स्थानान्तरण गर्नुपर्ने देखिएको छ । अनुगमन निरीक्षणमा नेकपा एमाले केन्द्रीय सदस्य हरदेव जोशी, जिल्ला कमिटी अध्यक्ष ज्ञानेन्द्र घर्ती, महाकाली नगरपालिका उपप्रमुख दुर्गाकुमारी खत्री विष्ट, पार्टी जिल्ला सचिव उमेश जोशी लगायतको सहभागीता रहेको थियो ।

Leave A Reply

Your email address will not be published.