गौरा पर्वको अवसरमा पालिकास्तरीय देउडा प्रतियोगिताको आयोजना

दार्चुला । दार्चुलाको मालिकार्जुन गाउँपालिकाले गौरापर्वको अवसरमा पालिकास्तरीय देउडा प्रतियोगिताको आयोजना गरेको छ । मालिकार्जुन गाउँपालिकाको आयोजना तथा वडा नं —३ को व्यवस्थापनमा दुईदिन सम्म देउडा प्रतियोगिता संञ्चालन हुने पालिकाले जनाएको छ ।

प्रतियोगिता आइतबार भोली मालिकार्जुन मन्दिर प्राङगण र सोमबार पर्सि चौड मन्दिर प्राङगणमा संञ्चालन हुने गाउँपालिका उपाध्यक्ष कल्यान सिह धामीले जानकारी दिनुभयो ।

स्थानीय कला, संस्कृतिको जगेर्ना र कलाकारको संरक्षणको लागि पालिकाले पालिकास्तरीय देउडा प्रतियोगिताको आयोजना गरेको उहाँले बताउनु भयो ।

यि दुबै ठाउँमा संञ्चालन हुने गौरा र मेलामा जिल्लाका विभिन्न ठाउँका ख्याती कमाएका देउडियाहरुले देउडा खेल्न पाउने छन ।

पालिकास्तरीय देउडा प्रतियोगितामा प्रथमस्थान प्राप्त गर्नेलाई ७ हजार, द्वितीय हुनेलाई ५ हजार ,तृतिय हुनेलाई ३ हजार, र सान्तवना स्थानप्राप्त गर्ने देउडिया ५ जनालाई १÷१ हजारका दरले पुरस्कार प्रदान गरिने गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत नरबहादुर ठगुन्नाले जानकारी दिनुभयो ।

गाउँपालिकाले गत वर्ष देखि गौरापर्वको अवसरमा पालिकास्तरीय देउडा प्रतियोगिता संञ्चालन गदैँ आएको उहाँले बताउनु भयो । यस्ता कार्यक्रमले समुदायमा रहेका कला र गलाको सम्मान गर्दै उनीहरूको प्रयोग र परिचालनका माध्यमबाट समाज परिवर्तनको सन्देश फैलाउने उद्देश्यले देउडा प्रतियोगिताको आयोजना गरिएको बताएका छन ।

Leave A Reply

Your email address will not be published.