दार्चुला ।दार्चुलाको लेकम गाउँपालिकाले भाद्र १७ गते गाउँपालिकाभरी सार्वजनिक विदा दिएको छ । शुक्रबार गाउँपालिकाले एक सार्वजनिक सुचना मार्फत पालिकाभरी आउँदो मंगलबार अर्थात भाद्र १७ गते पालिकाभरी सार्वजनिक विदा हुने जनाएको छ ।
लेकम क्षेत्रकै सबैभन्दा बढि स्थानीयहरुको उल्लेख्य सहभागिता रहने र यो क्षेत्रको प्रसिद्ध खेडी भएकाले हरेक बर्ष जस्तै यो बर्ष पनि बिदा दिइएको गाउँपालिकाले जनाएको छ ।
पालिकाले सार्वजनिक गरेको सुचना अनुसार लेकम गाउँपालिका क्षेत्रभित्र विशेष महत्वका रुपमा मनाइने गौरा पर्वको अवसरमा लेकम क्षेत्रका लटिनाथ मन्दिर जयपुर र भगवती मन्दिर कुणी लगायतका विभिन्न मठमन्दिरहरुमा खेडी लाग्ने भएकाले १७ गते गाउँपालिकाभरी सार्वजनिक विदा दिएको गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत दिपकराज जोशीले जानकारी दिनुभयो ।
विदाको दिन पालिकामातहत रहेका कार्यालयहरु,शौक्षिक संस्थाहरु,स्वास्थ्य संस्थामा आकस्मिक बाहेकमा सार्वजनिक विदा दिएको उहाँले बताउनु भयो ।
पालिकाले जारी गरेको सुचना
