कांग्रेसको प्रश्न ः जीएसआई प्रस्तावमा नेपाल सहमत भएको भन्ने विज्ञप्तिमा कसरी आयो ?

काठमाडौं । नेपाली कांग्रेसका सांसद दिलेन्द्र बडूले प्रधानमन्त्री केपी ओलीले लिपुलेक सम्झौताबारे कुरा राखेपछि चिनियाँ राष्ट्रपति सीले पन्छिने गरी जवाफ दिएको बताएका छन्।

प्रतिनिधि सभाको बैठकमा बोल्दै नेपालको सार्वभौमिकतामाथि अपेक्षित सम्मान नदिएको बताए।

उनले भने, ‘प्रधानमन्त्रीले लिपुलेकबारे राख्नुभएको आपत्ति चीनको परराष्ट्र नोटमा कुनै उल्लेख छैन। बरु छलफलको एजेन्डामा नै नआएको भनिएको जीएसआई प्रस्तावमा नेपाल सहमत भएको भन्ने विज्ञप्तिमा उल्लेख भएर आयो। किन र कसरी रु यसबारे प्रधानमन्त्रीको सचिवालय र परराष्ट्र मन्त्रालयले समयमै स्पष्ट गर्नुपर्छ।’

Leave A Reply

Your email address will not be published.