दार्चुला । दार्चुलामा निजामति कर्मचारी पुरुष डबल ब्याडमिन्टन प्रतियोगिताको आयोजना गरिएको छ । २२ औँ निजामति सेवा दिवसको अवसरमा कर्मचारी मिलन केन्द्र दार्चुलाले प्रतियोगिताको आयोजना गरेको हो ।
भदौ २० गतेदेखि निजामती कर्मचारीबीच ब्याडमिन्टन प्रतियोगिता हुने आयोजकले जनाएको छ । प्रतियोगितामा जिल्लामा रहेका विभिन्न कार्यालयका निजामती कर्मचारीबिच प्रतिस्प्रर्धा गराइनेछ ।
प्रतियोगिता संञ्चालन गर्नका लागि आवश्यक तयारी समेत भइरहेको आयोजकले जनाएको छ । प्रतियोगितामा राष्ट्रसेवक कर्मचारी, नेपाली सेना ,नेपाल प्रहरी, सशस्त्र प्रहरी,र अर्धसरकारी कर्मचारीहरुले प्रतियोगितामा भाग लिन पाउने भएका छन ।
आयोजकले टिमदर्ता भदौ १९ गतेसम्म गरिसक्न भनेको छ । यस्तै खेलहरु नकआउट चरणमा खेलाइने भएको छ । खेल पब्लिक प्रहरी ब्याडमिन्टन हलभित्र संञ्चालन हुने जिल्ला ब्याडमिन्टन संङले जनाएको छ ।
प्रतियोगितामा प्रमथ दुतिय हुने टिमलाई क्रमंस ८ हजार ५ हजार रुपैँया पुरुष्कार प्रदान गरिने जिल्ला ब्याडमिन्टन संङका सचिव भुपेन्द्र विष्टले जानकारी दिनुभयो । उनले निजामती सेवा दिवसका अवसरमा हुने प्रतियोगितामा भाग लिन सबै निजामी कर्मचारीलाई आह्वानसमेत गरेका छन ।
आयोजकले सार्वजनिक गरेको सुचना
