दार्चुलामा फरार कैदीबन्दी लाई सम्पर्कमा आउन प्रशासनको आह्वान (सूचना सहित )

दार्चुला । जिल्ला प्रशासन कार्यालय दार्चुलाले जिल्ला कारागारबाट फरार भएका कैदीबन्दीलाई सम्पर्कमा आउन आह्वान गरेको छ ।

सहायक प्रमुख जिल्ला अधिकारी मोहन सिह धामीले एक विज्ञप्ति जारी गर्दै मंगलबार राती ८ बजे जेनजी आन्दोलनका क्रममा कारागारबाट भागेका कैदीबन्दीलाई कारागार कार्यालय वा नजिकैको सुरक्षा निकायमा सम्पर्क गर्न सूचना जारी गरेका हुन् ।

सम्पर्कमा नआएका कैदीबन्दीविरुद्ध कानुन अनुसार कारबाही प्रक्रिया अघि बढाइने जनाइएको छ । अहिले फरार भएका कैदीबन्दीहरु आउनेक्रम जारी रहेको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ ।

फरार मध्ये ६ जनाले भाग्न नमाने पछि उनीहरु कारागारमै रहेको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी निरीक्षक एव सुचना अधिकारी छत्रबहादुर रावतले जानकारी दिनुभयो ।

जेनजीको प्रदर्शनका क्रममा देशभर आगजनी र तोडफोड हुन थालेपछि कारागारबाट कैदीबन्दी भागेको उहाँले बताउनु भयो ।

Leave A Reply

Your email address will not be published.