दार्चुलामा कफ्र्यू आदेशमा परिमार्जन सहित निरन्तरता दिने निर्णय भएको छ ।
विहिबार विहान जिल्ला सुरक्षा समितिको बैठकले कफ्र्यू आदेशमा परिमार्जन सहित निरन्तरता दिने निर्णय भएको दार्चुलाका प्रमुख जिल्ला अधिकारी अनिल पौडेलले जानकारी दिनुभयो ।
सुरक्षा अवस्थाको विश्लेषण गर्दा सुरक्षा चुनौति कायमै देखिएकाले कफ्र्यू आदेशलाई निरन्तरता दिने निर्णय भएको उहाँले बताउनु भयो ।
यस्तै नागरीकको जनजीवनलाई केही सहज बनाउन स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ (क) अनुसार कफ्र्यु आदेशलाई परिमार्जन सहित निरन्तरता दिइएको प्रशासन कार्यालय दार्चुलाले जनाएको ।
प्रशासनले विहान १० बजेदेखि बेलुकी ५ बजेसम्म निषेद्याज्ञा र बेलुकी ७ बजेदेखि भोली शुक्रबार विहान ६ बजेसम्म कफ्र्यु आदेश जारी गरेको छ ।
यस्तै अत्याआवश्यक कार्यका लागि विहान ६ बजेदेखि १०बजेसम्म र आवतजावत गर्नसकिने समय बेलुकी ५ बजेदेखि बलुकी ७ बजेसम्म रहेको जिल्ला प्रशासन कार्यालय दार्चुलाले जनाएको छ ।
