दार्चुलामा विगत तीन दिनदेखि जारी निषेद्याज्ञा खुकुलो बनाइयो

दार्चुला ।  दार्चुलामा विगत तीन दिनदेखि जारी निषेधाज्ञा केही खुकुलो बनाउँदै लगिएको छ । गत मंगलबार २४ गते राती १० बजेदेखि जारी गरिएको निषेधाज्ञालाई शुक्रबार आजबाट केही खुकुलो बनाउँदै लगिएको जिल्ला प्रशासन कार्यालय दार्चुलाले जनाएको छ ।

जिल्लामा पछिल्लो सुरक्षा परिस्थितिको विश्लेषणका आधारमा नागरिकको जनधनको सुरक्षाको लागि जारी भएको निषेधाज्ञा आदेशलाई क्रमबद्ध रुपमा खुकुलो बनाउँदै निरन्तरता दिनुपर्ने आवश्यकता देखिएकोले केही खुकुलोे बनाइएको

प्रमुख जिल्ला अधिकारी अनिल पौडेले जानकारी दिनुभयो । निषेधाज्ञा खुकुलो भएको समयमा विहान ६ बजेदेखि बेलुकी ७ बजेसम्म सबै व्यवसायीहरुले आफ्नो पसल व्यवसाय दैनिक कामकाज संञ्चालन गर्न पाउने उहाँले बताउनु भयो ।

सुरक्षा संवेदनशिलतालाई मध्यजनर गरी पाँचजना वा सो भन्दा बढि व्यक्ति समुह मिली सार्वजनिक स्थानमा हिडडुल गर्न र जमघट गर्न नपाइने गरी निषेधाज्ञा जारी राख्ने निर्णय भएको प्रशासनले जनाएको छ ।यस्तै  प्रशासनले उक्त समयमा

पनि अनावश्यक भीडभाड र प्रदर्शन गर्न पूर्ण रूपमा निषेध गरिएको स्पष्ट पारेको छ।  जिल्ला सुरक्षा समितिको बैठकले गरेका निर्णय विरुद्ध कोहीगए कारबाही हुने प्रशासनले चेतावनी दिएको छ ।

Leave A Reply

Your email address will not be published.