दार्चुलाको लास्कुखोलामा एक जना पुरुष नदीमा बगेर बेपत्ता

दार्चुलामा एक जना पुरुष खोलामा बगेर वेपत्ता भएका छन । जिल्लाको महाकाली नगरपालिका वडा–१ र ४ जोड्ने लास्कुखोला पुलबाट बगेर पुरुष बेपत्ता भएका हुन ।

आइतबार बेलुकी करिब साढे सात बजेतिर लास्कु बस्ने ३६ वर्षका देवेन्द्र कामी लास्कुखोलामा वेपत्ता भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी निरीक्षक एवं सुचना अधिकारी छत्रबहादुर रावतले जानकारी दिनुभयो ।

सदरमुकाम खलंगामा कोठागरी बसेका देवेन्द्र र उनकी श्रीमती घरजाने बेला देवेन्द्र लास्कु खोलामा खसेको उहाँले बताउनु भयो । पहिला उनकी श्रीमती ममता कामीलाई पूलतराएका देवेन्द्रले पछि आफु चिप्लिएर खोलामा खसेको प्रहरीले जनाएको छ ।

खोलामा बगेर वेपत्ता भएका उनको खोजीकार्य जारी रहेको प्रहरीले जनाएको छ । वर्षातको समयमा खोलाको बहाव बढ्दा खोजीकार्यमा कठिनाई भएपनि खोजीकार्य हिजोराती देखि नै जारी रहेको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ ।

Leave A Reply

Your email address will not be published.