‘जेनजी’ आन्दोलनः नेपाली कांग्रेस दार्चुलाको घोर भत्र्सना सहित कडा विरोध प्रेस विज्ञप्ती सहित
दार्चुला । भदौ २३ र २४ गते ‘जेनजी’ पुस्ताले आयोजना गरेको शान्तिपूर्ण आन्दोलनमा उच्छृङ्खल गतिविधि गरी आगजनी तोडफोड र लुटपाट भएको भन्दै नेपाली कांग्रेस जिल्ला कार्यसमिति दार्चुलाले घोर भत्र्सना सहित कडा विरोध गरेको छ ।
मंगलबार आज एक प्रेस विज्ञप्ति जारी गर्दै नेपाली कांग्रेस जिल्ला कार्यसमिति दार्चुलाले आन्दोलनको नाममा उच्छृङ्खल गतिविधि गरिएको भन्दै घोर भत्र्सना सहित कडा विरोध गरेको हो ।
जिल्ला कार्यसमिति सभापति ललित सिह बोहराद्वारा हस्ताक्षरित विज्ञप्तिमा शान्तिपूर्ण प्रदर्शनमा जिल्लास्थित नेपाली कांग्रेस पार्टी कार्यालय,लगायत,अन्य पार्टी कार्यालयहरु र सरकारी कार्यालयहरुमा भएको आगजनी लुटपाट तोडफोड घटनाको पार्टीले घोर भत्र्सना गरेको जनाएको छ ।
‘शान्तिपूर्ण आन्दोलनमा घुसपैठ गरी आन्दोलनकारीको नाममा लोकतान्त्रीक आन्दोलनका योद्धा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा लगायत नेताहरु माथि गरिएको अमानवीय व्यवहारप्रति घोर आपत्ति जनाउँछौँ,’ विज्ञप्तिमा भनिएको छ ।
नेपाली कांग्रेस दार्चुलाले जेनजी’ लगायत नेपाली जनताले उठाएको माग र मुद्धाहरु सार्वभौम सत्ता सम्पन्न संसदबाट संस्थागत गर्ने वैधानीक विकल्प छोडेर संसद नै विघटन गरी अन्तरिम सरकार गठन गर्ने बाटोको यात्रा कतै जेनजी’ आन्दोलनलाई अलपत्रपार्ने र देशलाई संवैधानिक शुन्यतातिर धकेल्ने बदनियत त होइन भन्दै प्रश्न गरेको छ ।
यस्तै चुनौतिपुर्ण वर्तमान अवस्थामा नेपाली काग्रेस दार्चुलाले सरकारसंग मृतकहरुलाई ससम्मान सहित क्षतिपुर्ति र घाइतेहरुको निशुल्क उपचार तत्काल गर्नुपर्ने,प्रदर्शनका क्रममा भएको सरकारी दमन आगजनी तोडफोड र लुटपाट आक्रमणको तत्काल उच्चस्तरीय छानविन गरी कारबाही गर्न माग गरेको छ ।
यस्तै सरकारले सबैदल र पक्षसंग तत्काल सम्बाद सूरुगरी संविद्यानको रक्षा आन्दोलनले उठाएका मुद्धा क्षतिग्रस्त सम्पदा निर्माण तथा पुननिर्माण र निर्वाचनको वाताबरण तयार गर्न साझा धारण बनाउन सरकारसमक्ष आग्रह गरेको छ ।
सुसिला कार्की नेतृत्वको अन्तिरिम सरकारसंग नागरीकहरुको जिउँधनको सुरक्षा, विश्वनीय वतावरण बनाउन पनि नेपाली कांग्रेस दार्चुलाले माग गरेको छ । विषम परिस्थितिमा लोकतन्त्रको विकल्प लोकतन्त्र नै भएको उल्लेख गर्दै कानुनी राज्य, विधिको शासन र लोकतान्त्रिक पद्धतिबाटै समस्याको समाधान खोज्न सम्बन्धित सबैसँग अपिल गरिएको छ ।
