दार्चुलाका सामुदायिक तथा संस्थागत विद्यालयहरुलाई सम्पत्ति सुरक्षाको व्यवस्थापन गर्न आग्रह सूचना सहित

दार्चुला । दार्चुलाका सामुदायिक तथा संस्थागत विद्यालयहरुलाई सम्पति सुरक्षाको व्यवस्थापन गर्न आग्रह गरिएको छ । शिक्षा विकास तथा समन्वय इकाई कार्यालय दार्चुलाले जिल्ला भित्रका सम्पूर्ण सामुदायिक तथा संस्थागत विद्यालयहरुलाई विद्यालय सम्पत्ति सुरक्षाको व्यवस्थापन गर्न आग्रह गरेको हो ।

हिन्दु नेपालीहरुको महानचाड बडादशैँ तिहारको लामो विदा रहने भएकोले विदा अवधिमा विद्यालयको सम्पत्ति सुरक्षाको लागि व्यवस्था मिलाउन आग्रह गरिएको शिक्षा विकास तथा समन्वय इकाई दार्चुलाका प्रमुख प्रताप सिंह धामीले जानकारी दिए ।

कार्यालयले विहिबार (हिजो) एक सार्वजनिक सूचना जारी गर्दै विद्यालयको सम्पत्ति सुरक्षाको लागि पाले पहरो तथा अन्य भरपर्दो व्यवस्थापन एंव जिम्मेवारी तोकेर विद्यालय विदा गर्न आग्रह गरिएको उहाँले बताए । उक्त कार्यको सहजीकरणको लागि सम्बन्धित स्थानीय तह, जिल्ला प्रशासन कार्यालय र तीन वटै सुरक्षा निकायलाई पनि आग्रह गरिएको कार्यालयलले जनाएको छ ।

विद्यालयको सम्पत्ति सुरक्षा तथा व्यवस्थापनको दायित्त सम्बन्धित विद्यालय प्रशासन र व्यवस्थापन समितिको भएको समेत स्मरण गराउदै विद्यालयको सम्पत्ति सुरक्षाको व्यवस्थापन गर्न आग्रह गरिएको छ ।

Leave A Reply

Your email address will not be published.