काठमाडौँ । मुग्लिन नारायणगढ सडक खण्डको तुईन खोला नजिकै गएको पहिरो हटाउने कार्य जारी रहेको छ ।
पहिरो पन्छाउने क्रममा माथिबाट निरन्तर रूपमा ढुंगा झरिरहेको अवस्था रहेको सडक डिभिजन कार्यालय भरतपुरले जानकारी दिएको छ ।डिभिजन कार्यालयले आज दिउँसोसम्म एकतर्फी भएपनि सडक आवागमन संचालनमा ल्याउन
प्रयासरत रहेको जानकारी दिएको छ । शुक्रबार साँझदेखि अवरुद्ध भएको सडक अहिलेसम्म अवरुद्ध हुदा हजारौं यात्रु अलपत्र भएका छन् ।