दशैँ तिहार नजिकियोः रोजगारीका लागि भारत गएका युवा जन्मथलो फर्कंदै

रोजगारीका लागि छिमेकी मुलुक भारत गएका दार्चुलाका अधिकांश युवा यतिबेला घर फर्किन थालेका छन् । नेपालीहरुको महानचाड वडा दशैँ र तिहार नजिक आएपछि कालापहाड गएका युवाहरु घर फर्किने क्रम बढेको हो ।

यो विचमा अब दार्चुलामा कामको सिजन पनि सुरु हुने भएकाले कालापहाड गएका युवाहरु घर फर्किने क्रम बढेको बताइएको छ ।  आफ्नो ठाउँमा भने जस्तो काम नपाउने भएकाले युवाहरु  आफ्नो रोजीरोटीको लागि भारतका विभिन्न ठाउँमा जानेगरेका छन ।

 अहिले दार्चुलाको खलंगा, दत्तु, जोलजिवि, लाली, तिग्रम, लगायत सीमा नाका भएर दैनिक नेपालीहरु भारतबाट जन्मथलो घर फर्किरहेका छन् । सिमानाका बाट अन्य जिल्लाका नागरी सकेत फर्किरहेको बताइएको छ ।

गत फागुन चैत्रतिर रोजगारीका लागि छिमेकी मुलुक भारततिर गएका युवाहरु अहिले घर फर्किन थालेको प्रदेशीहरुले बताएका छन । रोजगारीका लागि छिमेकी मुलुक भारतको विभिन्न शहरमा दार्चुलाका युवाहरु जाने गर्दछन् ।

तिनै युवाहरु अहिले विभिन्न नाका भएर सयौँको संख्यामा स्वदेश फर्किरहेको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी निरीक्षक एव सुचना अधिकारी छत्रबहादुर रावतले जानकारी दिए ।

सिमानाकाहरुमा भिडभाड बढेपछि चेकजाँचमा समेत कडाई गरिएकाले उनले बताए । यहाँका स्थानीयवासी कामका लागि भारतको पञ्जाब, बरेली, सिम्ला पहाड, लुधियाना, हिमाञ्चल प्रदेश, मुम्बइ, कोलकत्ता, दिल्ली लगायतका विभिन्न ठाउँमा जाने गरेका छन् ।

चाडपर्वमा नवरात्रा बस्नेदेखी पुजाआजा गर्ने, देउडा, दमाहा र विभिन्न सांस्कृतिक गतिविधिमा रमाउने, परिवारका सदस्यहरुबीच एकसाथ भेटघाट हुने, मिठामिठा स्थानीय खानाका परिकार खाएर रमाइलो गरी मनाउने चलन रहेको छ ।

बडादसैँमा टीका थाप्नु, भाइटीका लगाउनका साथै पारिवारिक भेटघाट र खेतीपाती भित्र्याउन आफूहरु घर फर्केको उनीहरुले प्रतिकृया दिएका छन ।

 दार्चुलाका गाउँघरमा अहिले मकै भाच्ने, धान काट्ने, खर काट्ने र खेत खाली गरेर गहुँ छर्ने तयारी भइरहेको छ । असोज ६ गते (भोली) घटस्थापनादेखी दशैं सुरु हुने भएकोले धार्मिक गतिविधिको तयारी पनि भइरहेको छ ।

यो वर्षको फुलपाती असोज १३ गते महाअष्टमी १४ गते १५ गते महानवमी १६ गते विजयादशमी टिकाको मुख्य दिन रहेको ज्योतिषहरुले बताएका छन ।

Leave A Reply

Your email address will not be published.