विपिन जोशीका आमा र बहिनीले भेट प्रधानमन्त्री कार्कीलाई

काठमाडौं। प्यालेस्टिनी समूह हमासले बन्धक बनाएका महेन्द्रनगरका विपिन जोशीका आमा र बहिनीले प्रधानमन्त्री सुशीला कार्कीसँग भेट गरेका छन् ।

आइतबार सिंहदरबार पुगेर विपिनका आमा र बहिनीले रिहाइका लागि निरन्तर पहल गर्न प्रधानमन्त्रीसँग आग्रह गरेका थिए ।

प्रधानमन्त्रीसँगको भेटपछि विपिनकी आमा पद्मा जोशीले यसअघिको सरकारले पहल गर्ने आश्वासन दिँदा पनि केहि नजिता नआएकाले अबको सरकारप्रति आशा राखेको बताइन् ।

त्यस्तै विपिनकी बहिनी पुष्पा जोशीले अहिले प्रधानमन्त्री पदमा आमा नै रहेकाले आमाले पीडा बुझ्ने बताइन् । भेटमा प्रधानमन्त्री कार्कीले विपिन जोशीको रिहाइका लागि आफूले सक्दो पहल गर्ने बताएको पुष्पाले बताइन् ।

यसअघि शनिबार हमासको सशस्त्र समूह कासम ब्रिगेडले विपिन जोशीसहित ४८ इजरायली बन्धकहरूको तस्बिर सार्वजनिक गरेको थियो ।

Leave A Reply

Your email address will not be published.