दार्चुलाका प्रहरी नायब उपरीक्षक(डिएसपी) दाहालको विदाई

दार्चुला । दार्चुलाका प्रहरी नायब उपरीक्षक(डिएसपी) प्रकाश दाहालको विदाई गरिएको छ ।एक वर्ष दार्चुला जिल्लामा बसेका दाहालको बुधबार (आज) एक कार्यक्रमका विच विदाई गरिएको हो ।

गत वर्ष असोज १७ गते देखि जिल्ला प्रहरी कार्यालय दार्चुलाको कमाण्ड समालेका दाहालले विभिन्न समयमा विभिन्न चुनौतीका बाबजुद जिल्लामा वर्षदिन पुरा गरेपछि उनको विदाई गरिएको प्रहरी कार्यालय दार्चुलाले जनाएको छ ।

प्रहरी महानिरीक्षक (आईजीपी) चन्द्रकुवेर खापुङले प्रहरी कार्यालय दार्चुलाका डिएसपी दाहाललाई जिल्ला प्रहरी कार्यालय धादिङ सरुवा गरेपछि जिल्लाबाट विदाई गरिएको प्रहरी निरीक्षक एव सुचना अधिकारी छत्रबहादुर रावतले जानकारी दिनुभयो ।

दाहालको जिल्ला बसाइको क्रममा लागूऔषध नियन्त्रण, ठगी नियन्त्रण, चोरी नियन्त्रणजस्ता संवेदनशील मुद्दामा सफलता हात पारेका छन् । दाहालको उत्कृष्ट कार्यसम्पादनका कारण उनलाई गत आर्थिक वर्ष ०८१/०८२ को कार्यसम्पादन मुुल्याङ्कनमा प्रदेश तहमै उत्कृष्ट जिल्लाको रूपमा सम्मानित गरेको थियो ।

विदाई हुदैँ गर्दा प्रहरी नायब उपरीक्षक(डिएसपी) दाहालले एक वर्षसम्म जिल्लाबासीको धेरै माया पाएको सबै राजनितिक दल, समाजसेवी बुद्धिजिवी,नागरीक समाज,संञ्चारकर्मी लगायत अन्य स्थानीय नागरीकको अथाह माया पाएको बताएका छन ।

यस्तै प्रहरी प्रमुख, प्रहरी नायव उपरीक्षक दाहाललाई जिल्लाको शान्ति, सुरक्षा र समन्वयमा उत्कृष्ट तवरले कार्य सम्पादन गरेको भन्दै निवर्तमान आइजिपी दिपक थापाले पुरस्कृत गरेका थिए । दार्चुलाबाट डिएसपी दाहालको सरूवासँगै बागमती प्रदेश प्रहरी कार्यालय, गम्भीर अनुसन्धान शाखा हेटौंडाबाट डिएसपी गौरब महत दार्चुला आउने छन् ।

Leave A Reply

Your email address will not be published.