पालिका उपाध्यक्ष कुवरले सामाजिक संञ्जालमा लेखेको टिकाटिप्पणी प्रति कर्मचारीहरुको ध्यानाकर्षण

दार्चुला । दार्चुलाको व्याँस गाउँपालिका उपाध्यक्ष विनोद सिंह कुवर र कर्मचारीबिच सार्वजनिक रुपमै आरोपप्रत्यारोप चलेको छ । गाउँपालिका उपाध्यक्ष विनोद सिंह कुवरले आइतबार विहान सामाजिक सञ्जाल फेशबुकमा ‘व्याँसमा लेखापालको ज्याजती’ शिर्षकमा लामो स्टाटस लेखे पछी कर्मचारीले त्यस्को प्रतिवाद गरेका छन् । व्यासँ गाउँपालिकाका उपाध्यक्ष विनोद सिह कुवरले सामाजिक संञ्जालमा लेखेको टिकाटिप्पणी प्रति पालिकामा कार्यरत कर्मचारीहरुले ध्यानाकर्षण भएको बताएका छन ।आइतबार विहान गाउँपालिका उपाध्यक्ष विनोद सिह कुवरले आफ्नो फेसबुक पेजबाट पालिकामा कार्यरत आर्थिक प्रशासन शाखा प्रमुखमाथि गरेको टिकाटिप्पणी प्रलिपालिकमा कार्यरत कर्मचारीहरुको ध्यानाकर्षण भएको बताएका हुन ।गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृतले एक प्रेस विज्ञप्ती जारी गदैँ पालिका उपाध्यक्षले जनताको काममा लाग्न उत्साहित तथा उत्प्रेरित गर्नुको सट्टा सामाजिक संञ्जाल मार्फत कर्मचारी माथि गरेको अभिव्यक्ति प्रति दुःख ब्यक्त गरेकाछन। प्रमुख प्रशासकिय अधिकृतबाट जारी गरिएको प्रेस विज्ञप्तीका अनुसार कार्यलयमा कामगर्ने सिलसिलामा कुनै कर्मचारी संग व्यतिगत असहमति असमजदारी भएकै कारण सामाजिक संञ्चालनमा अफवाह फैलाई सबै कर्मचारीहरुको मनोबल कमजोर पार्ने तथा हतोत्साहित  हुनेकाम गरेको भन्दै गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।यस्तै कर्मचारी र जनप्रतिनिधिहरु आपसमा मिलेर पालिकाको विकासका लागि छलफल सम्बाद मार्फत समस्या समाधानको बाटो सहि भएको विज्ञप्ती मार्फत ध्यानाकर्षण गराएका छन । गाउँपालिका उपाध्यक्ष कुवरले सामाजिक संञ्जाल फेसबुकमा ब्यासमा लेखापालको ज्यादती शिर्षक दिएर उनीमाथि गम्भीर आरोप लगाएका थियो ।

पालिका  उपाध्यक्ष बिनोद सिंह कुँवरले  लेखापाल अफिसियल काम वा सल्लाहका लागि फोन गर्दा पनि न फोन उठाउने, न कल ब्याक समेत नगर्ने भन्दै उपाध्यक्ष कुवरले सामाजिक संञ्जालमा टिकाटिप्पोणी गरेका हुन । यस्तै लेखापाल विष्टमाथि गाउँसभाबाट सर्वसम्मत पारित भएको बजेट वक्तव्यको सफ्टकपी नै संसोधन गरी इन्ट्री गरेको अर्को आरोप छ । कुनै कर्मचारीले केहि भन्यो भने भुक्तानीमा समस्या सृजना गर्ने, बजार दररेट भन्दा झण्डै तीन गुणा बढी रेट हालेर सामग्री खरिद गर्ने गरेको उपाध्यक्षको औल्याएका छन् ।
हेर्नुस् गाउँपालिका उपाध्यक्ष विनोद सिह कुवरले लेखेको स्टाटस :-
ब्यासमा लेखापालको ज्यादती
न कुनै गाडी भाडा मिलाइदे भन्नू छ, न हवाइ भाडा मिलाइदे भन्नू छ, न तलब भत्ता हालिदे भन्नू छ, न कुनै भ्रमण भत्ता नै मिलाइदे भन्नू छ। अनि अफिसियल काम वा सल्लाहका लागि फोन गर्दा पनि, न फोन उठाउने न कल ब्याक नै गर्ने। यस्ताले सेवाग्राहिलाई कति सम्मन दुख दिएको होला? कल्पना गरौ त? गाउँ सभाबाट सर्वसम्मत पारित भएको बजेट बक्तव्यको सफ्टकपी नै सन्शोधन गरि इन्ट्री गर्ने यत्रो हिम्मत एक कर्मचारी (लेखापाल) लाई कसले दियो? यस्ताहरुबाट कस्तो शुशासन कायम गर्न सकिएला? कुनै कर्मचारीले केही भन्न खोजे भुक्तानीमा समस्या सृजना गर्ने।

बजार दर रेट भन्दा झण्डै तीन गुना बढी रेट हालेर सामग्री खरिद मनपरी तरिकाले आफै गर्नेलाई पालिकामा के भनेर राख्ने? स्थानीय नै हो भनेर कति सम्मन छुट दिने? न कुनै अन्य कर्मचारी सन्तुष्ट छन, न सेवाग्राही सन्तुष्ट छन, न व्यवसायी, निर्माण व्यवसायी सन्तुष्ट छन, न जनप्रतिनिधी नै सन्तुष्ट छन। म अनुपस्थित भएको कार्यपालिका बैठकले कार्य सन्तोषजनक नभएको भनेर लेखापाललाई हटाउने निर्णय गरेको थियो। तर सायद मालिकको निर्देशन पाएर होलान बिना सर्त कार्यपालिका निर्णय फेरेछन।

अनि यस्तो पावरको धाक देखाउनेलाई के भनेर राख्ने? यस्ताहरुको मुल्याङ्कन र सफाइ जनता आफै गर्नु होला। कौडिको भाउमा बेचिनेहरुबाट यस्ता समस्या समाधान होलान भन्ने मलाई लाग्दैन।

स्थानीय होनहार युवाहरु हुन, स्थानीय भएकोले दोहोरो जिम्मेवारी छ सचेत र सजक बनौ भनेर प्रत्येक स्टाफ बैठकमा कति सम्झाए तर केही नलागेपछी सामाजिक सन्जाल मार्फत तपाइहरुलाई जानकारी गराउनु मेरो बाध्यता हो।

पालिकाका कर्माचरीले जारी गरेको प्रेस विज्ञप्ती

Leave A Reply

Your email address will not be published.