दाङमा लठ्ठी प्रहार गरि श्रीमतीको हत्या

दार्चुला । दाङमा एक जनाले लठ्ठी प्रहार गरि आफनै श्रीमतीको हत्या गरेका छन्।जिल्लाको गढवा गाउँपालिका–६ बालापुरका ६० वर्षीय दानबहादुर थापाले ५० वर्षीया श्रीमती सुनिता रोकालाई लाठी प्रहार गरी हत्या गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

शनिबार का दिन मदिरा सेवन गरेका थापाले सामान्य विवादका क्रममा श्रीमतीलाई लाठीले टाउको तथा घाँटीमा हिर्काएको र सुनिताको घटनास्थलमै मृत्यु भएको कार्यालयले जनाएको छ। उनी थापाका कान्छी श्रीमती हुन्। हत्या आरोपित थापा भने फरार रहेको र खोजी थालिएको प्रहरीले जनाएको छ।

Leave A Reply

Your email address will not be published.