दार्चुला –सल्यानबाट दाङको तुलसीपुर जाँदै गरेको ना २ ख २५५२ नम्बरको यात्रुवाहक बस कपुरकोटको खारखोला नजिक दुर्घटना हुँदा १२ जनाको ज्यान गएको छ ।
ना २ ख २५५२ नम्बरको यात्रुवाहक बस कपुरकोट गाउँपालिका ५ को खारखोला नजिक दुर्घटना भएको हो ।
बस दुर्घटनामा दुई पुरुष र १० महिला गरी १२ जनाको ज्यान गएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक गोविन्द थापाले जानकारी दिनुभयो ।
तिहार मनाएर फर्किएकाहरू दुर्घटनामा परेका हुन् ।
बसमा झन्डै ३५ जना यात्रु रहेका अनुमान गरिएको प्रहरीले जनाएको छ । अहिले पनि उद्धार भइरहेकोले ज्यान गुमाउनेहरुको पहिचान खुलेको छैन । बस सडकबाट दुई सय मिटर तल खसेको बताइएको छ ।