बैतडी । बैतडीको पुर्चौडी नगरपालिकामा देउडा कार्यक्रम हुने भएको छ । प्रगतिशिल युवा क्लव भटनाको आयोजनामा पुर्चौडी नगरपालिका–१ हाट कफलखाना गिरेगाडामा देउडा कार्यक्रमको आयोजना गरिएको हो । हरिबोधनी एकादशी मेलाको अवसरमा कफलखाना, गिरेगाडामा सँस्कृतिको जगेर्ना गर्ने अभिप्रायले देउडा कार्यक्रमको आयोजना गरिएको आयोजक प्रगतिशिल युवा क्लव भटनाका अध्यक्ष करन प्रसाद भट्टले जानकारी दिए । उनका अनुसार देउडा कार्यक्रम २ दिन सम्म रहनेछ।
विगत केही वर्ष यता पुर्चौडी नगरपालिकाभित्र खेलकुद र शिक्षा क्षेत्रमा विभिन्न कार्यक्रम गर्दै आइरहेको यो क्लवले अहिले नगरपालिकासँग समन्वय गरी आर्थिक सहयोगमा स्थानीय सँस्कृतिको उत्थानको लागि देउडा कार्यक्रम गरिरहेको अध्यक्ष भट्टले बताए । कार्तिक १३ र १४ गते हुने देउडा कार्यक्रमका लागि कार्तिक १२ गते अपरान्ह ५ बजेसम्म टिम दर्ता गराइसक्नु देउडीयाहरुलाई अनुरोध गरिएको छ ।
सूचना हेर्नुहोस
