दार्चुला । दार्चुलाको शैल्यशिखर नगरपालिकाले दुई दिन सार्वजनिक बिदा दिएको छ । नगरपालिकाले सोमबार र मंगलबार गरी दुई दिन नगरभरी सार्वजनिक विदा दिएको जनाएको छ ।
जिल्लाको मालिकार्जुनगाउँपालिका वडा ३ मा रहेको शैल्य शिखर मालिकार्जुन मन्दिरमा भोली र पर्सि दिवाकालीन र रात्रीकालीन भव्य जात्रा लाग्ने भएकोले दुई दिन सार्वजनिक बिदा दिने निर्णय गरेको नागरपाललिकाले सार्वजनिक गरेको सूचनामा उल्लेख गरेको छ ।
सार्वजनिक बिदाका दिन नगरपालिका भित्रका सम्पूर्ण सरकारी कार्यालय बन्द रहने पनि नगरपालिकाले जनाएको छ। यसअघि जिल्लाको मालिकार्जुन गाउँपालिकाले समेत भोली र पर्सि गाउँपालिकाभित्र पर्ने जात्राको लागि दुई दिन सार्वजनिक बिदा दिएको छ ।
