कञ्चनपुर
कञ्चनपुरको एक सामुदायिक वनमा बृक्षारोपण गरिएको छ । जिल्लाको बेदकोट नगरपालिका ६,७मुसेपानीमा रहेको गणेश सामुदायिक वनमा बृक्षारोपण गरिएको हो ।

वन, पर्यावरण र बन्यजन्तु सरक्षणका लागि बृक्षारोपण गरिएको सामुदायिक वन उपभोक्ता समुहले जनाएको छ । गणेश सामुदायिक वन उपभोक्ता समुहका अध्यक्ष किशन सिह भण्डारीले धार्मिक सहितका विभिन्न प्रजातिका बोटबिरुवा रोपिएको बताए ।
जिल्ला समन्वय समिति कञ्चनपुरका प्रमुख दुर्गादत्त बोहरा, डिभिजन वन कार्यालय कञ्चनपुरका प्रमुख लक्ष्मीराज जोशी,चुरे सञ्जाल नेपालका अध्यक्ष रविन्द्र कुँवर सहित, सामुदायिक वनका पदाधिकारी, सदस्य सहितका सरोकारवालाको सहभागिता रहेको थियो ।