धौलीगंगा बाँधको ढोका खोल्दै भारत, महाकाली तटीय क्षेत्रमा पूर्वसतर्कता अपनाउनु आग्रह

दार्चुला । भारतले नेपालको दार्चुलासँग जोडिएको धौलिगङ्गा जलविद्युत् परियोजनाको बाँधको ढोका खोल्ने भएको छ ।
उत्तराखण्डमा रहेको उक्त जलविद्युत् परियोजनाको सिल्ट सफाइका लागि बुधबार विहान सवा ८ बजेदेखि विहीबार विहान सवा १० बजेसम्म बाँधको ढोका खोल्ने भनी भारतीय पक्षले जानकारी गराएको जिल्ला प्रशासन कार्यालय दार्चुलाले जनाएको छ ।

दार्चुलाका सहायक प्रमुख जिल्ला अधिकारी विनोद दाहाललेजारी गरेको सूचनामा १९ गते बिहान सवा ८ बजे देखि २०गते बिहान सवा १० बजेसम्म महाकाली तटीय क्षेत्रमा पूर्व सतर्कता अपनाउन आग्रह गरेको जनाएको छ ।

उक्त समयमा महाकाली नदीमा जलस्तर बढ्न सक्ने भएकाले नदी तटीय क्षेत्रका बासिन्दालाई पूर्वसतर्कता अपनाउन आग्रह गरिएको उनले बताएका छन् ।

भारतले विशेष गरी बर्षातको बेला धौलिगङ्गा जलविद्युत् परियोजनाको बाँधको ढोका खोल्ने गरेको छ ।

Leave A Reply

Your email address will not be published.