दार्चुलाको लेकम गाउँपालिकाले भोली देखि सामाजिक सुरक्षा भत्ता वितरण घुम्ती शिविर संञ्चालन गर्दै

दार्चुला । दार्चुलाको लेकम गाउँपालिकाले भोली विहीबार देखि सामाजिक सुरक्षा भत्ता वितरण घुम्ती शिविर संञ्चालन हुने भएको छ ।

मंगलबार एक सूचना सार्वजनिक गदैँ पालिकाले विहीबार २० गते देखि २५ गते मंगलबार सम्म पालिका विभिन्न वडाहरुमा सामाजिक सुरक्षा भत्ता वितरण घुम्ती शिविर संञ्चालन हुने जनाएको छ ।

लेकम गाउँपालिकाको चालु आर्थिक वर्ष २०८२/०८३को स्वाकृत बार्षिक नीति तथा कार्यक्रम अनुसार सुरक्षा भत्ता वितरण घुम्ती शिविर संञ्चालन हुने गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत दिपक राज जोशीले जानकारी दिए । लेकम गाउँपालिकाको पञ्जीकरण शाखाको आयोजनामा शिविर आयोजना हुन लागेको उनले बताए ।

सामान्य हिडडूल गर्ननसक्ने, जेष्ठ नागरीक,अपाङ्गगता भएका व्यक्ति,एकल महिला र बालपोषण भत्ता प्राप्त गरिरहेका लाभग्राहीहरुलाई घरदैलोमा पुगेर भत्ता वितरण हुने पालिकाले जारी गरेको सूचनामा उल्लेख गरिएको छ । जारी सूचना अनुसार भोली विहीबार गाउँपालिकाको वडा नं १को सर्मोलीमा शिविरको आयोजना गरेको छ ।

पर्सि शुक्रबार वडा नं ६को उचाकोट,२३ गते आइतबार वडा नं ३को लालीमा शिविरको आयोजना गरिएको जनाएको छ । यस्तै कार्तिक २४ गते वडा नं २४ गते र कार्तिक २५ गते सोमबार वडा नं २को कार्यालय कुणीमा शिविरको आयोजना गरिएको गाउँपालिकाले जनाएको छ । भत्ता बुझन आउँदा नेपाली नागरीकताको प्रतिलिपि र लक्ष्मीसनराइज बैंकले उपलब्ध गराइएको चेकबुकसाथमा लिएर आउन आग्रह गरिएको छ ।

यतिबेला दार्चुलाका अधिकांश स्थानीय तहले सामाजिक सुरक्षा भत्ता वडाबाट नै वितरण गर्न थालेपछि यहाँका ज्येष्ठ नागरिक खुशी भएका छन् । सामाजिक सुरक्षा भत्ता ल्याउन जाँदा लौरोको सहायताले घण्टौँ पैदलमा हिँड्न दु:ख पाउँदै गरेका ज्येष्ठ नागरिकले पछिल्लो समय वडाबाट नै भत्ता पाउन थालेपछि खुशी भएका हुन् । वडाबाट समाजिक सुरक्षा भत्ता विरतण गर्दा अपाङ्गता भएका, अशक्त असहाय र ज्येष्ठ नागरिकलाई पहिलो प्राथमिकता दिने गरेको वडा कार्यालयहरुले बताएका छन् ।

Leave A Reply

Your email address will not be published.