दार्चुला – बेमौसमी वर्षाका कारण आएको बाढीपहिराले बगाएका खानेपानीका मुहान मर्मत नभएपछि डोटीको सदरमुकाम सिलगढीमा खानेपानीको हाहाकार भएको छ।
असोज अन्तिम साताको अबिरल वर्षाका कारण यहाँका प्रमुख व्यापारिक केन्द्र पिपल्ला, दिपायल, राजपुर तथा सिलगढीमा खानेपानीको हाहाकार भएको हो ।
खानेपानीको हाहाकार भएपछि डोटीकाका स्थानिय उपभोक्ताहरुलाई अहिले फोहर पानी खानुपर्ने बाध्यता रहेको छ । नजिकै रहेको सेती नदीमा खाली बालुवा र लेदोमात्रै बगिरहेको ले पानि खान समस्या भएको स्थानीयवासी रामकुमार सिंहले बतानुभयो ।
क्षेत्रीय सदरमुकाम दिपायलस्थित राजपुरबजारको खानेपानी मुहान सलेनामा पनि५०० मिटर पाइप बगाएको र समयमै मर्मत गर्न नसकिएका कारण पानी उपलब्ध गराउन कठिन भएको राजपुर खानेपानी सरसफाइ उपभोक्त समितिले जनाएको छ।
यहाँको बजारमा आपूर्ति हुँदै आएको खानेपानीको पाइप बाढीपहिराले बगाएपछि खानेपानीकोे समस्या भएको सिलगढी खानेपानी, सरसफाइ तथा उपभोक्ता समितिले जनाएको छ। पहिराले दिपायल सिलगढी नगरपालिका–९ को कलेनाखोला मुहानमा रहेको पाइप बगाएको थियो।
बजारमा खानेपानी नभएका कारण यहाँका नागरिकलाई हातमुख धुन तथा शौचालय जानसमेत समस्या भएको स्थानीयवासी तथा होटल व्यवसायी सिद्धराज जोशीले दुखेसो पोख्नुभयो।
बाढीपहिरोका कारण बगाएको खानेपानीको पाइप मर्मतका लागि कर्मचारी खटिएका र कतिपय ठाउँमा पाइप र मुहान नै बगाएर समस्या भएका कारण मर्मत गर्न गाह्रो भइरहेको उपभोक्ता समितिका अध्यक्ष रामबहादुर धामीले भन्नुभयो ।, “खानेपानी सञ्चालनका लागि कर्मचारी खटिइरहेका छन्, बाढीले कतिपय ठाउँमा तहसनहस गरेकाले समस्या भएको हो, जति सकिन्छ चाँडै पानी सञ्चालन ल्याउने उपभोक्ता समितिका अध्यक्ष रामबहादुर धामीले बतानुभयो।