सुनको मूल्य तोलामा ६०० ले बढ्यो

काठमाडौं । नेपाली बजारमा बिहीबार ९कात्तिक २०० सुनको मूल्य बढेको छ । सुनको मूल्य तोलामा ६०० रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यस दिन छापावाल सुनको मूल्य तोलाको दुई लाख ३७ हजार ८०० रुपैयाँ कायम छ । बुधबार ९कात्तिक १९० छापावाल सुन प्रतितोला दुई लाख ३७ हजार २०० रुपैयाँमा किनबेच भएको थियो ।

चाँदीको मूल्य पनि तोलामा २० रुपैयाँले बढेको छ । चाँदी प्रतितोला तीन हजार १० रुपैयाँमा खरिद–बिक्री भइरहेको महासंघले जनाएको छ । बुधबार चाँदी प्रतितोला दुई हजार ९९० रुपैयाँमा कारोबार भएको थियो ।

Leave A Reply

Your email address will not be published.