दार्चुलामा भाइटिकाको रातीदेखि लागेका रात्रीकालीन जात्रा शान्तिपूर्ण रूपमा सम्पन्न
प्रमुख जिल्ला अधिकारी अनिल पौडेलको प्रसंसा
दार्चुला । दार्चुलामा भाइटिकाको रातीदेखि लागेका रात्रीकालीन जात्रा शान्तीपूर्ण रुपमा सम्पन्न भएका छन । विशेष गरी जिल्लाको लेकम क्षेत्रका विभिन्न शक्तीपिठहरुमा लागेका रात्रीकालीन जात्राहरु शान्तीपूर्ण रुपमा सम्पन्न भएका हुन् । द्धितीया तिथीको रातीबाट सुरू भएका रात्रीकालीन जात्रा हिजो बुधबार पुर्णिमा तिथीमा सम्पन्न भएका छन् ।
जिल्लाको शैल्यशिखर नगरपालिका, महाकाली नगरपालिका, मालिकार्जुन गाउँपालिका र लेकम गाउँपालिकामा करिब एक महिनासम्म रात्रिकालीन जात्रा लाग्ने गर्दछ । जिल्लाको सबैभन्दा ठूलो शैल्यशिखर धुरामा त्रयोदशीको दिन र मालिकार्जुन जात्रा चतुर्दशीमा सकिएको छ । लेकाली क्षेत्रमा दसैँतिहारभन्दा पनि जात्रालाई बढी महत्त्व दिइँदै आएको छ । जात्रामा भक्तजनले पूजाआजा गर्नुका साथै दमाहालगायत बाजा बजाउने, डेउडा खेल्ने गर्छन् ।
पहाड पुख्र्यौली घर भई तराई बसोबास गरेका तथा कामका सिलसिलामा गाउँबाहिर गएकाहरू समेत जात्राका निम्ति गाएँ फर्किएपछि लेकम क्षेत्रमा चहलपहल बढेको थियो । जात्रालाई शान्त र भयरहित बनाउन जिल्ला प्रशासन कार्यालयले सुरक्षा रणनीति बनाएर सुरक्षाकर्मी परिचालन पछि यो वर्ष जात्रा शान्तीपुर्ण रुपमा सम्पन्न भएको प्रमुख जिल्ला अधिकारी अनिल पौडेलले जानकारी दिए ।
लेकम क्षेत्रमा लागेका रात्रीकालीन जात्रालाई सभ्यभब्य रुपमा सम्पन्न गर्न योगदान दिने मन्दिर ब्यबस्थापन समिति ,पालिकाराजनितिक ब्यक्तित्ब ,मिडिया जगत र तिर्थालु जन तथा दार्चुलाबासीमा प्रमुख जिल्ला अधिकारी अनिल पौडेलले सामाजिक संञ्जालमार्फत धन्यवाद दिएका छन् । यस्तै यो वर्षका जात्राहरु शान्तीपुर्ण रुपमा सम्पन्न गर्ने सुरक्षा निकाय र जिल्ला सुरक्षा समितिलाई जिल्लाबासीले कहिले विर्सन नसक्नेगरी सुरक्षा व्यवस्था मिलाएको भन्दै प्रमुख जिल्ला अधिकारी अनिल पौडेलको प्रसंसा समेत गरिरहेका छन ।
प्रत्येक वर्ष कात्र्तिक शुक्ल द्धित्तिया तिथिबाट सुरु हुने लटिनाथ कैलपाल मन्दिर चौड र बन्तोली जात्रालाई सुरुवाती जात्रा मान्ने गरिन्छ भने लेकम गाउँपालिका २ मा रहेको कुणी भगवती जात्रा, शैल्यशिखर–८ झरकडामा रहेको गलैनाथ जात्रा तथा लेकम–४ खरकडाको पातिमा रहेको मन्दिरमा लाग्ने पूर्णिमाको जात्रालाई समापन जात्राको रुपमा लिने गरिन्छ ।
मालिकार्जुन गाउँपालिकाको वडानम्बर ४ को हुनौनाथ मन्दिर औतालेक र लेकम हुनैनाथ मन्दिर कुणी र सर्मोलीको धुरामा अष्टमीका दिन जात्रा लाग्ने गर्छ । लेकम क्षेत्रकै ठूलो जात्रा मानिने लेकम गाउँपालिका वडा नम्बर ५ को लटिनाथ जैपुर मन्दिरमा नवमी तिथिमा जात्रा लाग्ने गर्दछ । त्यस्तै मालिकार्जुन – ३ मा रहेको देशकै सातौँ धाम मालिकार्जुन मन्दिर तथा लेकम – ६ उचाकोटमा रहेको मालिकार्जुन मन्दिरमा चर्तुदशी तिथिमा जात्रा लाग्ने गरको छ ।