तवाघाट क्षेत्रलाई केन्द्रबिन्दु बनाएर दार्चुलामा भूकम्पको धक्का महसुस

दार्चुला । दार्चुलामा गयराति १०:४० मा चार दशमलव एक म्याग्निच्युडको भूकम्प गएको छ ।

भारतको तवाघाट क्षेत्रलाई केन्द्रबिन्दु बनाएर बिहीबार राती भूकम्प गएको भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जानकारी दिएको छ ।

भूकम्पका कारण नेपालको दार्चुला तथा भारतका विभिन्न सीमाक्षेत्र लगायतका आसपासका क्षेत्रमा भूकम्पको धक्का महसुस भएको बताइएको छ ।

भूकम्पबाट क्षति भए/नभएको बारेमा हालसम्म कुनै विवरण प्राप्त नभएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ ।

Leave A Reply

Your email address will not be published.