मालिकार्जुन जात्रामा बरामद गरिएको मदिरा नष्ट

दार्चुलामा प्रहरीले मालिकार्जुन जात्रामा बरामद गरेको मदिरा नष्ट गरेको छ ।

गएको मंगलबार राती मालिकार्जुन गाउँपालिका वडा–३ स्थित राष्ट्रिय धाम मालिकार्जुन मन्दिरमा लागेको प्रसिद्ध जात्रामा बरामद गरिएको मदिरा  शुक्रबार नष्ट गरेको हो ।

जात्रालाई शान्तीपूण रुपमा सम्पन्न गर्न जात्रा अवधिभर उक्त क्षेत्रमा मदिरा सेवन, बिक्री, बितरण, पुर्णतया रोक लगाइएको थियो । बरामद गरिएको जम्मा १०३ बोतल विभिन्न ब्राण्डको मदिरा नष्ट गरेको इलाका प्रहरी कार्यालय गोकुलेश्वरले जनाएको छ । इलाका प्रहरी कार्यालय गोकुलेश्वरका प्रहरी निरीक्षक निरज सिह भाट नेतृत्वले टोलीले मालिकार्जुन प्रहरी चौकीमा बरामद गरेको मदिरा नष्ट गरेको जनाएको छ । मालिकार्जुन मन्दिर व्यवस्थापन समिति अध्यक्ष धिरेन्द्र सिह धामी, सचिव जनक सिह धामी,जनप्रतिनिधि,समाजसेवी व्यवसायीहरुको उपस्थितिमा बरामद गरेको मदिरा नष्ट गरिएको इलाका प्रहरी कार्यालय गोकुलेश्वरका प्रहरी निरीक्षक भाटले जानकारी दिए ।

Leave A Reply

Your email address will not be published.