आलमको सम्मानमा कांग्रेसले तीन दिन पार्टीको आधा झण्डा झुकाउने

काठमाडौँ । नेपाली कांग्रेसले पार्टीका पूर्व नेता मोहम्मद आफ्ताव आलमको सम्मानमा पार्टीको झण्डा तीन दिन आधा झुकाउने भएको छ।

शनिबार पार्टीका कार्यवहाक सभापति पूर्णबहादुर खड्को अध्यक्षतामा बसेको कांग्रेस केन्द्रीय कार्यसमितिको आकस्मिक बैठकले गएराती मृत्यु भएका आलमको सम्मानमा केन्द्रीय कार्यालय, प्रदेश कार्यालय र जिल्ला कार्यालहरूमा यही कात्तिक २२, २३ र २४ गते पार्टीको आधा झण्डा झुकाउने निर्णय गरेको हो।

आलमको निधनप्रति कांग्रेसल दु:ख व्यक्तसमेत गरेको छ। साथै कात्तिक २३ गते केन्द्र, प्रदेश र जिल्लाका सबै कार्यालय बन्द गर्ने, स्वर्गारोहणको १३ दिनसम्म केन्द्र, प्रदेश र जिल्ला कार्यालयहरूमा शोक पुस्तिका राख्ने र सम्बन्धित जिल्लामा शोक सभाको आयोजना गर्ने निर्णय पनि भएको पार्टीका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए।

Leave A Reply

Your email address will not be published.