दार्चुलामा भूकम्पको धक्का महसुस

दार्चुला । दार्चुलामा भूकम्प गएको छ । जिल्लाको शैल्यशिखर नगरपालिका वडा ९ गोकुलेश्वर केन्द्रविन्दु भएर भूकम्प गएको बताइएको छ ।

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार सोमबार दिउसो २ः ४३ बजे ३.५ रेक्टर स्केलको भूकम्प गएको जानकारी दिएको छ ।

प्रहरीले क्षतिको बारेमा अहिलेसम्म कुनै जानकारी प्राप्त नभएको जनाएको छ ।

यो भन्दा पहिले गत विहीबार राती भारतको तवाघाट क्षेत्रलाई केन्द्रबिन्दु बनाएर दार्चुलामा भूकम्पको धक्का महसुस गरिएको थियो ।

पछिल्लो समय पश्चिम क्षेत्रमा भूकम्प बेला बेला गइरहको छ ।

Leave A Reply

Your email address will not be published.