शैल्यशिखरमा नेकपा एमाले परित्याग गरि १४ जना कांग्रेस प्रवेश

दार्चुला । शैल्यशिखर नगरपालिकाको वडा न ६ पनेबाजमा नेपाली कागेंसले गरेको कार्यक्रता भेटघाट कार्यक्रममा नेकपा एमाले परित्याग गरि १४ जनाले नेपाली कांग्रेस प्रवेश गरेका छन ।

शैल्यशिखर नगरपालिकाका नगर प्रमुख अमर सिंह धामीको प्रमुख आथित्यमा भएको कार्यक्रममा मालिकार्जुन गाउँपालिका अध्यक्ष नरेन्द्र सिंह धामी, शैल्यशिखर वडा नम्बर ६ का वडा अध्यक्ष गोपाल सिंह धामी, वडा नम्बर ६ नेपाली कांग्रेस सभापति राजेन्द्र सिंह धामी, मालिकार्जुन गाउँपालिका वडा नम्बर ३ का वडा सभापती भुपेन्द्र सिह धामीलगायतको सहभागीतामा भएको कार्यक्रममा लामो समय सम्म नेकपा एमालेमा रहेका १४ जना नेता कार्यक्रताले एमाले परित्याग गरि कांग्रेस प्रवेश गरेको शैल्यशिखर नगरपालिका वडा नम्बर ६ का काग्रेस सभापती राजेन्द्र सिंह धामीले जानकारी दिनुभयो ।

लामो समय पार्टीमा रहेर काम गर्दा पनि पार्टीले आफुहरुको मुल्याकंन गर्न नसकेको भन्दै उनिहरुले कांग्रेस प्रवेश गरेको उहाँले बताउनुभयो ।

एमाले परित्याग गरि कांग्रेस प्रवेश गर्नेहरु मा नेकपा एमालेका सदस्य बिस्ना देबी धामी ,दामोदर सिंह धामी ,देब सिंह धामी,धौली देबी धामी, तारा सिंह धामी,गंगा देबी धामी, रतन सिंह धामी, नरुली देबी धामी, रघुबिर सिंह धामी, किस्ना देबी धामी, प्रेम सिंह धामी, कलावती देबी धामी, मोहन सिंह धामी, फुलमती देबी धामी, नरेन्द्र सिंह धामी र कुमा देबी धामी रहेका छन ।

पार्टी प्रवेश गरेकाहरुलाई शैल्यशिखर नगरपालिकाका नगर प्रमुख अमर सिंह धामी, मालिकार्जुन गाउँपालिका अध्यक्ष नरेन्द्र सिंह धामी शैल्यशिखर नगरपालिका वडा नम्बर ६ का वडा अध्यक्ष गोपाल सिंह धामी र वडा सभापति राजेन्द्र सिंह धामीले टीका लगाएर पार्टीमा स्वागत गरेको धामीले जानकारी दिनुभयो ।

No description available.

कार्यक्रमको स्वागत मन्तब्य राख्ने क्रममा मालिकार्जुन गाउँपालिका अध्यक्ष नरेन्द्र सिंह धामीले कम्युनिस्ट सकिन लागेको बताउनुभयो । कम्युनिस्टमा केटा केटी आए गुलेली खेलाए मट्याङ्र्गाको सत्या नास भए जस्तै भएको उहाँले जिकिर गर्नुभयो ।

नेपाली कांग्रेस जनताको पार्टी हो त्यस कारण देश अब कांग्रेस मय हुन्छ, उहाँले भन्नुभयो। त्यस्तै शैल्यशिखर नगरपालिकाका नगरप्रमुख अमर सिंह धामीले जनता संग गरेका बाचा पूरा गर्न आफुले हरदम प्रयास गरिरहेको बताउनुभयो ।

कम्युनिस्टहरु सखाप हुन लागेको भन्दै उहाँले अझै पनि कांग्रेस जनताको विश्वासको केन्द्र रहेकोले जनतासंग हातेमालो गरेर अगी बड्ने प्रतिबद्धता ब्यक्त गर्नुभयो।

 

No description available.

No description available.
पार्टीमा नव प्रवेशी दामोदर सिंह धामीले लामो समय सम्म एमालेमा रहेर काम गरे पनि एमालेले जनताको मर्म बुझ्न नसकेको टिप्पणी गर्नुभयो ।
जनता को मर्म नबुझ्ने र आवश्यक परेको बेला खटाउने अन्य बेला चिन्न छोड्ने आरोप लगाउदै उहाँले अब शैल्यशिखरमा कम्युनिस्ट खोज्न दिउँसै टर्च बाल्नु पर्ने अवस्था आउने बताउनुभयो।

कार्यक्रम को समापन गर्दै सभापति राजेन्द्र सिंह धामी अब गाउँ गाउँ बाट नेपाली कांग्रेस जागेको र झुटको खेती गर्ने कम्युनिस्ट हरुको पतन हुने बताउनुभयो।

No description available.

Leave A Reply

Your email address will not be published.