दार्चुलाको मालिकार्जुन गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी जोशीलाई

दार्चुला । दार्चुलाको मालिकार्जुन गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी सुरज प्रसाद जोशीलाई दिइएको छ ।

गाउँकार्यपालिकाको निर्णय अनुसार संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले जोशीलाई प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी दिएको हो ।

स्थानीय सरकार सञ्चालन ऐन  २०७४ को दफा ८४ को उपदफा (४) अनुसार जोशीलाई प्रमुख प्रशासकीय अधिकृत पदमा काम गर्न भनिएको छ ।

मन्त्रालयले गाउँपालिकामा प्रमुख प्रशासकीय अधिकृत नखटाउँदा सम्म वा अर्को व्यवस्था नहुँदा सम्मका लागि आर्थिक प्रशासनिक जिम्मेवारी दिएको उल्लेख गरेको छ ।

यही कार्तिक २७ गतेको निर्णय अनुसार जोशीलाई प्रमुख प्रशासकीय अधिकृतको रुपमा खटाएको मन्त्रालयले जनाएको छ ।

जोशीलाई प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी तोकिएसंगै पालिकाका आर्थिक तथा प्रशासनिक कामहरु अघि बढेका छन् ।

Leave A Reply

Your email address will not be published.