दार्चुला । मतदाता नामावलीमा नाम दर्ता गर्ने समयको अन्त्य हुने दिन नजिकिँदै गर्दा निर्वाचन कार्यालय दार्चुलामा मतदाता नामावलीमा नाम दर्ता गराउनेको भिड बढ्न थालेको छ ।
पछिल्लो केहीदिन यतादेखि मतदाता नामावलीमा नाम दर्ता गर्नेको भिड बढेको जिल्ला निर्वाचन कार्यालय दार्चुलाले जनाएको छ ।
दार्चुलामा गत असोज १० गते देखि मतदाता नामावलीमा नाम दर्ता गर्नेक्रम सुरू भएको हो । अब मतदाता नामावलीमा नाम दर्ता गर्ने म्याद सकिन दुई दिन मात्रै बाँकी रहेको छ ।
जिल्लामा यस पटक मतदाता नामावलीमा नाम दर्ता गराउने युवाहरू स्वस्फुर्त रुपमा आएको पाइएको छ । तुलनात्मक रुपमा हेर्दा दार्चुला जिल्लामा मतदाता नामावलीमा नाम दर्ता गराउनेको सङ्ख्या न्यून रहेको पाइएको छ ।
निर्वाचन कार्यालय दार्चुलाले यस अघि कार्तिक २४ गते मालिकार्जुन खबरलाई दिएको विबरण अनुसार ५५५ जना नयाँ मतदाता थपिएको जनाएको थियो । अहिले कतिजना पुगे यसबारे पुर्ण विबरण हामी केहीदिनमा
प्रकाशीत गर्ने छौ ।
photo By niraj kumar Dhami