दार्चुला । अनुमति विना र्याली, जुलुश, धर्ना, सभा र प्रदर्शन नगर्न दार्चुला प्रशासनले सरोकारवालाहरुलाई आग्रह गरेको छ । प्रशासनको तर्फबाट शुक्रबार एक सार्वजनिक सूचना जारी गदैँ प्रशासनले स्वीकृति नलिएर कुनै पनि कार्यक्रम नगर्न आग्रह गरेको हो ।
प्रशासनकले यस्ता प्रकारका कार्यक्रम संञ्चालन गर्नुपर्दा प्रक्रिया तथा शर्तहरु अनिवार्य पालना गर्न सरोकारवालाहरुलाई आग्रह गरिएको दार्चुलाका प्रमुख जिल्ला अधिकारी अनिल पौडेलले जानकारी दिए ।
प्रमुख जिल्ला अधिकारी अनिल पौडेलद्धारा जारी गरिएको सूचनामा उल्लेखित प्रक्रिया पूरा नगरी, पुर्व स्वाकृती नलिई शर्त विपरित कार्यक्रम गरेको पाइएमा प्रचलित कानुन अनुसार कडा कारबाही हुने चेतावनी दिइएको उनले बताए ।
यसै सिलसिलामा विभिन्न समूहहरुबाट हुने र्याली, जुलुश, धर्ना, सभा र प्रदर्शन जस्ता गतिविधिहरुले सुरक्षा चुनौति बढाउन सक्ने र आम नागरिकलाई सुरक्षाको प्रत्याभूति गराउने कार्यमा थप जटिलताको अवस्था हुन जाने भएको हुँदा
अनुमति विना र्याली, जुलुश, धर्ना, सभा र प्रदर्शन नगर्न सबैमा प्रशासनले आग्रह गरेको छ । भोली शनिबार जिल्लामा नेकपा एमालेले सद्भाव र्याली तथा जागरण सभाको तयारी समेत गरेको छ ।
यसका लागि सुरक्षा समितिले जिल्लाको सुरक्षा व्यवस्था कडा पारेको जनाएको छ ।

