एमाले दार्चुलाले भोली खंलगामा जनप्रदर्शन गर्दै, सुरक्षा व्यवस्था कडा

दार्चुला । नेकपा एमाले दार्चुलाले भोली जिल्ला सदरमुकाम खंलगामा जनप्रदर्शन गर्दै छ । संबिधान र लोकतन्त्रको रक्षा तथा ‘प्रतिगामी षडयन्त्रविरुद्ध’ एमाले शनिबार सदरमुकाममा जनप्रदर्शन गर्न लागेको हो ।

गत भदौ २३ र २४ गतेपछि विकसित राजनीतिक घटनाक्रम, संसद पुनस्थापना र एमालेको आगामी बाटोका बिषयमा कार्यकर्ताहरुलाई प्रष्ट पार्नका लागि शनिबार भोली जिल्ला सदरमुकाम खंलगामा जनप्रदर्शन तथा जनजागरण सभा गर्न लागिएको एमाले दार्चुलाका जिल्ला कमिटि अध्यक्ष ज्ञानेन्द्र घर्तीले जानकारी दिए ।

यसका लागि तयारी पुरा भएको उनले बताए । सोही अन्तरगत एमालेले यस अघि कार्तिक २२ गते ६१ वटै वडा र कार्तिक २५ गते नौं वटै स्थानीय तहमा जनजागरण सभाको आयोजना गरेको थियो । यता सुरक्षा निकायहरुले भोली को लागि सुरक्षा व्यवस्था कडा पारिएको बताएका छन् ।

विरोध सभामा कुनै अप्रिय घटना नहोस भन्नका लागि सुरक्षा व्यवस्था कडा पारिएको प्रमुख जिल्ला अधिकारी अनिल पौडेलले जानकारी दिए ।

आरुषी व्युटि पार्लर महेन्द्रनगर कञ्चनपुर
Leave A Reply

Your email address will not be published.