दार्चुलामा एकनाले भरुवा बन्दुक फेला

दार्चुला : दार्चुलामा बेवारिसे अवस्थामा दुई थान बन्दुक फेला परेका छन् । सोमवार दिउँसोतिर जिल्लाको अपिहिमाल गाउँपालिका–१ खायाकोटस्थित जंगलमा दुई थान एकनाले भरुवा बन्दुक फेला परेको हो ।

जंगलमा लुकाई छिपाई राखेको छ भन्ने विषेश सूचनाको आधारमा प्रहरी चौकी खण्डेश्वरीबाट खटिएको प्रहरी टोलीले ती बन्दुक बरामद गरेको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ ।

सो सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Leave A Reply

Your email address will not be published.